oplus_0
<

आरके श्रीवास्तव,रौतहट,२८ गते फागुन । 

नेकपा एसका मधेस प्रदेश सदस्य एवम् गरूडा नगरपालिकाका मेयर प्रत्यासी बृजकिशोर यादवले होलीलाई हरेकले आफ्नो तर्फबाट विकृतिरहित बनाउने हो भने संस्कृतिको सम्मान हुने बताएका छन् ।

आफनो निजि निवास गरूडा नगरपालिका वडा नम्बर ५ महम्मदपुरमा आज आयोजित होली मिलन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । होली पर्व सद्भाव र एकताको पर्वको रूपमा रहेकोले यसलाई आत्मसात् गरि होली पर्व मनाउन उनको आग्रह थियोे ।

मदिरारहित होली पर्व मनाउन मेयर प्रत्यासी यादवको अनुरोध थियो । त्यस्तै समारोहलाइ सम्बोध गर्दै नेकपा एसका नगर कमिटि अध्यक्ष अशोक यादवले एक अर्का प्रति रहेको इषर््या लाइ त्यागेर सदभावपूर्ण होली मनाउन आग्रह गरेका छन् ।

त्यस्तै गरुडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनोद जयसवालले सदियोदेखि चल्दै आएको होली पर्व कुनै किसिमको भेदभाव नगरी मनाउन आग्रह गरेका छन् । होली पर्वके बेला खानपानम ख्यालगर्न अनुरोध गरेका छन् ।

 

नेकपा एस गरूडा नगर कमिटीको आयोजनामा भएको होली मिलन समारोह हरेक वर्ष यसैगरी मनाउँदै आईएको छ । होली मिलन समारोहमा डम्फ,झाल झिल सहित होलवईयाहरूले परम्परागत  होलीको राग गाएर सबैलाई मन्त्रमुग्द गरेका थिए ।

सो होलि मिलन समारोहमा सहभागीहरूले एक अर्कालाई रंग,अबिर दलेर होलीको शुभकामना आदानप्रदान गरेका थिए । साथै मधेसको गम्छा सम्मान पनि गरिएको थियो । सबै अतिथिहरूलाई गम्छा ओढाएर सम्मान पनि गरिएको थियोे ।

 

सो अवसरमा नेकपा एसका मधेस प्रदेश कमिटी सदस्य रामभरोस यादव,रामप्रसाद यादव,सहित नेता एसका नेता कार्यकर्ता,गरूडा र नगरवासी सहित सयौं मानिसहरूको सहभागीता रहेको थियो । गाउँका बुजुर्ग हेमाकान्त यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाइ राजेश्वर पाण्डेले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0