<

आरके श्रीवास्तव,रौतहट,२८ गते फागुन । 

रौतहटको गरुडा नगरपालिकाले आज होली मिलन समारोह कार्यक्रम सम्पन्न गरेको छ । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रंग अबिर साटा साटा गरी होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।

सो होली मिलन समारोहमा परम्परागत होली राग सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । त्यसका लागि स्थानिय गायकहरुले आफनो प्रस्तुति दिएका थिए । कार्यक्रममा अतिथीहरुलाइ नगर प्रमुख जयसवालले मधेशको शान गम्छा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले होलीलाई रंग र अबिरको पर्वको रुपमा मात्र नलिई सबै वर्ग र समुदायको साझा आत्मीयताको पर्वको रुपमा पनि लिनुपर्ने बताएका छन् । होलीले सामाजिक एकता र भाइचाराको सन्देश दिएको बताउँदै नगर प्रमुख जयसवालले होलीलाई शान्तिपूर्वक मनाउन सबैमा आग्रह गरेका छन् ।

सो होली मिलन समारोह कार्यक्रममा जनप्रतिनीधी,स्थानिय भद्रभलादमी, सुरक्षाकर्मी, पत्रकारहरु लगायत सयौंको संख्यामा मानिसहरुको सहभागिता रहेको समाजसेवी शैलेस जयसवालले जानकारी गराएका हुन् । गरुडा नगरपालिकाको नगर प्रमुखमा जयसवाल जितेदेखि नै हरेक वर्ष यसैगरी होली मिलन समारोह कार्यक्रम आयोजन गर्दै आएका छन् ।

यसवर्ष विहिवार पहाडमा होली मनाइदै छ भने तराईमा शुक्रबार हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0