<

सिंगापुर, १७ फागुन् ।

इतिहासमा नै पहिलो पटक सिंगापुरको प्रजनन दर एक प्रतिशत भन्दा कममा झरेको छ ।

 

घट्दो जनसंख्या र जनशक्तिको अभावको सामना गरिरहेको सिंगापुरले कुल प्रजनन दर ०.९७ प्रतिशतमा सिमित भएको हो ।

सिंगापुरको तथ्यांक बिभाग अनुसार इतिहासमा नै पहिलो पटक प्रजनन दर १ प्रतिशत भन्दा कममा झरे पछि सरकार सन्तान उत्पादनका लागि पहलकदमी गर्ने जनाएको छ ।

सन २०२३ मा अनुमानित ०.९७ प्रतिशतमा झरेको देखेको छ, जुन देशको इतिहासमा पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ।

 

जसले प्रत्येक महिलाले आफ्नो प्रजनन वर्षहरूमा जन्माउने औसत संख्यालाई जनाउँछ । सन २०२२ मा १.०४ र २०२१ मा १.१२ बाट घटेको प्रधानमन्त्री कार्यालयका मन्त्री इन्द्रानी राजाले बुधबार संसदमा जानकारी दिदैँ भनेका छन ।

 

जन्मदर २.१ को प्रतिस्थापन दर भन्दा तल रहेमा चिन्ताको बिषय भन्दै प्रजनन दर बढाउनका लागि आवाश्यक रणनीति बनाउनु पर्ने जनाएका छन्  । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0