<

रौतहट,२१ गते माघ ।

रौतहट–कुनै बेला गरिब तथा विपन्नको आर्थिक अवस्था सुधार गर्ने लघुवित्त संस्थाहरु प्रति अहिले सर्वसाधारण उनीहरुकै विरुद्ध लागि परेका छन् । लघुवित्त संस्थाहरुले गाउँ घरमा बनाएको समुह आखिर किन उसकै विरुद्ध लागि परेका छन् त? यो विषयलाइ गम्भिरतापूर्वक मनन गर्नुपर्ने बेला आएको छ ।

ऋण तिर्ने कुनै उपाय नभएपछि लघुवित्त संस्थाहरु विरुद्ध आन्दोलनमा जान आफूहरु बाध्य भएको सर्वसाधारणहरुको भनाइ छ । किस्ता रकम तिर्न बैंकका कर्मचारीहरु घरमै पुुगेर मानसिक तनाब दिने गरेको उनीहरु आरोप लगाउँछन् ।

तर लघुवित्त संस्थाहरुका कर्मचारीको पनि आफनै बाध्यता छ । संस्थाले प्रवाह गरेको ऋण उठाउन जानुपर्ने बाध्यता छ । आक्रोशितले कहिले के–के गरेका थिए? गत माघ ९ गते मंगलबारका दिन दिउँसो ३ बजेको समयमा मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति, रौतहट नाम गरिएको केही ब्यक्तिहरुको समुहले रौतहटको कटहरिया बजारमा रहेको लघुविक्त विक्तिय संस्थाहरुको शाखामा प्रवेश गरी ब्यानर, सुचनापाटी च्यात्ने तथा ताल्चा लगाउने कार्य गरेका थिए । के भन्छन् संस्थाका कर्मचारी? आफूहरुलाइ संस्थाले प्रवाह गरेको ऋण उठाउन जानुपर्ने बाध्यता छ ।

हामीलाइ जानैपर्ने हुन्छ । झुण्डमा मान्छेहरुको हुल आएर आफूहरु गाली,बेइज्जती गर्नुु गलत हो । धन्न आफूहरुले आक्रोशित मान्छेहरुको भिड आउनुु अगाडी कर्यालयमा ताला लगाएका थिए । यदि सो ताला नलगाएको भए कार्यालयमा अन्य क्षती पनि हुन सक्थ्यो । अन्य क्षती हुन बाट जोगियौं । के भन्छन् जनप्रतिनिधी? घटना घटेको ठाउँ रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता भन्छन्,‘लघुविक्त विक्तिय संस्थाहरु प्रति यसरी अराजक तरिकाले प्रस्तुुत हुनु गलत हो । आफनो मांग सैद्धान्तिक तरिकाले माग्नु पर्दछ ।

नकी कार्यालयमा गएर होहल्ला गर्ने,ताल्चा लगाइ दिने,गाली बेइज्जती गर्ने यी कार्यहरु गर्नुु गलत हो । सैद्धान्तिक तरिकाले माग अगाडी सारछन् भने हामी पनि त्यसमा साथ दिन्छौं । हो वास्तवमा लघुविक्त विक्तिय संस्था बाट ऋण लिएकाहरु ऋण तिर्न नसकेर समस्यामा छन् । अहिले आर्थिक मन्दीमा मान्छे सँग ऋण र्तिन पैसा छैन् । यो सब समस्या छ । तर यो समस्याको उचित बाटो खोज्नुु पर्छ । अराजक हुनु यसको उचित समाधान होइन् ।

यता स्थानिय इलाका प्रहरी कार्यालय कटहरियाका बरिष्ठ सइ अरुण कुमार सिंह भन्छन् हामी कु्नै पनि हालतमा लघुविक्त विक्तिय संस्थाहरु बन्द हुन दिदैनौं । यसको सुरक्षा गर्नु हाम्रो दायित्व हो । आक्रोशित तरिकाले पेश हुनुभन्दा शान्तिपूर्ण तरिकाले समस्या समाधानको बाटो खोज्नुु पर्दछ ।

अहिले चाँही कटहरियामा रहेको लघुविक्त विक्तिय संस्थाको अवस्था समान्य छ । ईलाका प्रहरी कार्यालय कटहरीया, रौतहटले माघ १० गतेका दिन साँझ ७ बजे प्रहरीको रोहबरमा वित्तीय संस्थाहरुमा लगाएको ताल्चा खोलि दिएको थियो । तत्पश्चात् कामकाज नियमित रुपमा भइरहेको लघुविक्त विक्तिय संस्थाहरुले जनाएका छन् ।

हामी दैनिक रुपमा किस्ता उठाउने काम देखि लिएर आफिसको दैनिकि कामकाज गरि नै रहेको कर्मचारीहरुले बताएका छन् । यता राष्ट्रिय स्तरमा राम्रो छबि भएको फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कटहरीया वित्तीय संस्थाको मानमर्दन हुने गरी सामाजिक संजालमा गलत तरिकाबाट एकपक्षिय रुपमा समाचार संप्रेशन गरी ग्राहक सदस्यको बचत फिर्ता नदिएको भन्दै सामाजिक सञ्जाल मार्फत स्थापित भई सकेको छबिमा असर पुग्ने गरी गरेको कार्यको घोर भत्सर्ना गरेको छ ।

कुनै आधार प्रमाण बिना गलत अफवाह तथा भ्रम फैलाएको र बैंकिङ्क क्षेत्रको अत्यावश्यक बितीय सेवामा समेत असर पुग्ने गरी संप्रेशन भएको गलत लेख्ने विरुद्ध आवश्यक कारवाहीका लागि सम्बद्ध पक्षहरुसँग जोडदार माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0