<

 बज्जिकाञ्चल,राैतहट,१३ गते माघ ।

रंगपुर साझेदारी बन व्यवस्थापन समूहको अध्यक्षमा अशोकप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

शनिवार गरुडामा भएको साधारण सभाबाट यादव निर्विरोध निर्वाचित भएका हुन् । गरुडा नगरपालिका ५ झाँझपुलस्थित माध्यमिक विद्यालयको प्रांगणमा भएको साधारण सभामा एउटा मात्र यादवको मनोनयन दर्ता भएकोले निर्वाचन समितिले यादवलाई निर्विरोध चयन भएको घोषणा गरेको छ ।

अध्यक्ष पदमा यादव निर्विरोध निर्वाचित भएपछि अन्य पदमा सहमतिको वातावरण बनिरहेको समितिले जनाएको छ । साधारण सभाको उदघाटन सत्रमा पूर्व प्रदेश राज्यमन्त्री नागेन्द्र यादवले साझेदारी बनले जनताको जीवनस्तर र वातावरण सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

समूहको नयाँ नेतृत्वले बनबाट सर्वसाधारणलाई हुने सुविधामा अझ राम्ररी सहजीकरण गर्ने तथा बन जोगाउन र वातावरणमा योगदान दिन विशिष्ट भूमिका खेल्ने बताएका छन् ।

साधारण सभाका वक्ताहरुले वातावरण जोगाउनको लागि बन आवश्यक भएको बताउँदै मधेशको भूमिलाई मरुभूमिकरणबाट बचाउन पनि सबैले बन जोगाउन तथा रुख रोप्न सिक्नुपर्ने बताएका छन् । समूहको अध्यक्षमा यादव दोस्रोपटक निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0