<

बज्जिकाञ्चल,रौतहट,१३ गते ।

रौतहट–रौतहट सदरमुकाम गौरमा मेयर कप क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नगर स्तरीय क्रिकेट खेलाडी छनौट गर्ने उदेश्यले सो प्रतियोगिता सुरु भएको हो ।

No description available.

जिल्लाको गौर नगरपालिकामा नगर स्तरीय मेयर कप टि–२० क्रिकेट प्रतियोगिता आज देखि सञ्चालन भएको हो । एक कार्यक्रमका बिच नगर प्रमुख शम्भु साहले सो प्रतियोगिताको समुद्धघाटन गर्नुु भएको हो । प्रतियोगितामा नगरभरिको ९ वटा टिमको सहभागिता रहेको छ ।

No description available.

आज वडा नम्बर १ र ५ बिच समुद्धघाटन खेल भएको थियो । जसमा वडा नम्बर १ टिमले टस जितेर ब्याटिङ्ख गर्ने गरेको थियो । वडा नम्बर १ को टिमले ब्याटिङ्ख गर्दै निर्धारित २० ओभर खेल्दै १ सय ७२ बनाएको थियो । १ सय ७३ रनको पाएको वडा नम्बर ५ को टिम १ सय ७ रनमै समेटिन पुुग्यो । खेलमा विजयी टिमका रवि साहले नट आउट रहदै ८४ रनको पारि खेलेका थिए । आजदेखि सुरु भएको क्रिकेट प्रतियोगिता माघ २२ गते सम्म चल्ने रौतहट क्रिकेट संघका प्रेस संयोजक प्रविण टिबडेवालले जानकारी गराएका हुन् ।

No description available.

रौतहट जिल्ला क्रिकेट संघको समन्वय तथा गौर नगरपालिकाको आर्थिक सहयोगमा शनिवार देखी प्रतियोगिताको आयोजना भएको हो । उद्धघाटन सत्रलाइ सम्बोधन गर्दै नगर प्रमुख शम्भु साहले नगर स्तरीय टिम तयार पार्न मेयर कप सुुरु भएको बताए । हामीले पालिका कप खेलाउन सोच बनाए पनि नगर टिम नै तयार हुन नसकेको अवस्थामा सो प्रतियोगिता हुन नसकेको उनको भनाइ छ । अब तुरुन्तै पालिका कप हुने बताए ।

No description available.

गौरको मुटुको रुपमा रहेको राइस मिलको फिल्डलाइ क्रिकेट मैदानको रुपमा परिणत हुने दाबी गरे । यसको लागि आफूू प्रक्रिया बढाइ सकेको जानकारी गराए । राइस मिलको फिल्ड माथि विगतमा जुन मान्छेहरुको गिद्धे नजर थियो । त्यो गिद्धे नजरले केही हुनेबाला छैन् । गौर राइस मिलको फिल्डलाइ नगरपालिकाले छिट्टै नै अधिग्रहण गर्ने बताए । यसै आर्थिक वर्ष भित्र यसलाइ आफूहरुले अधिग्रहण गर्ने ठोकुवा गरे ।

No description available.

स्टिडियम बनाउने विषयमा आफूले छलफल गरिसकेको जानकारी समेत गराए । सहयोगी निकाय सँग स्टिडियम बनाउने विषयलाइ मौखिक सहमती भइसकेको बताए । साथै उनले क्रिकेट खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।

No description available.

त्यस्तै नेपाल पत्रकार महासंघ रौतहटका सभापती प्रेमचन्द्र झाले खेल स्वास्थ्यको लागि फाइदा हुने भएकोले यसलाइ सबैले हौसला प्रदान गरि बढाउनुु पर्ने बताए । साथै उनले खेलमा मित्रवत व्यवहार हुनुुपर्नेमा जोड दिए । एकअर्कालाइ सत्रु हैन प्रतिीपर्धी रुपमा बुुझनुुपर्ने उनको सुुझाव थियो ।

No description available.

यस्ता खेलकुद आयोजनले प्रतिभाको विकास गर्ने बताए । खेलकुदमा नगरपालिकाको लगानी खेर नगइ यसबाट खेलाडी उभरेर आउने प्रष्ट पारे । संयोजक टिबडेवालका अनुसार प्रतियोगितामा विजेता हुने टिमलाई २५ हजार र उप विजेता हुने टिमलाई १५ हजार नगद पुरस्कार दिइने छ । प्रत्येक खेलमा म्यान फ द म्याच हुनेलाई १५ सय, म्यान अफ द सिरिज हुनेलाई ५ हजार, वेस्ट बलरलाई २१ सय, वेस्ट ब्याट्स म्यान लाई २१ सय र वेस्ट किपरलाई २१ सय नगद पुरस्कार र सिल्ड कप लगायत प्रदान गरिने उनले बताए ।

No description available.

प्रतियोगिताको उद्धघाटन सत्रमा मेयर साहका साथै प्रमुख प्रशासकीय अधिकृत सुवाष ठाकुर, रौतहट क्रिकेट सङ्घका अध्यक्ष पवन साह, कोषध्यक्ष बिक्रान्त साह,किक्रेट खेलाडी,खेलप्रेमी दर्शकहरुको भव्य उपस्थिति रहेको थियो । प्रतियोगितामा सहभागि प्रत्येक टिमलाइ एक सेट क्रिकेट सामाग्री भएको किट र बल प्रदान गरिएको थियो ।फाेटाे फिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0