<

काठमाडौं,मंसिर १९, 

अवैध रूपमा औषधि बिक्री गरेको आरोपमा बुढानिलकण्ठमा रहेको एक फर्मामा सिलबन्दी गरेको छ।

मंगलबार बुढानिलकण्ठ नगरपालिका-१०स्थित आदर्शनगर चोक नजिकै रहेको लाइफ केयर फर्मा सिलबन्दी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

उक्त फर्माले अवैध रूपमा औषधि बिक्री गरिरहेको भन्ने सूचना पाएको थियो। सूचनापछि खटिएको औषधि व्यवस्थापन विभाग बिजुली बजार काठमाडौं, स्थानीय जनप्रतिनिधि र स्थानीयबासीले उक्त फर्मा बन्द गराएका हुन्।

टोलीले स्थानीय चार वटा औषधि पसलको अनुगमन गरेको थियो। त्यस क्रममा लाइफ केयर फर्माले ३६ प्रकारका औषधिहरू अवैध रूपमा बिक्री गरिरहेको खुलेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0