<

 

काठमाडौं मंसिर १८,/     

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हल्ला र बढी राजनीतिककरण गरेर सीमानाको समस्या समाधान नहुने बताएका छन् । सोमवार प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले हल्ला र अति राजनीतिककरणभन्दा आपसी वार्ताको माध्यमबाट सीमा समस्या समाधान गर्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको उल्लेख गरे ।

‘सीमामा देखिएका समस्याका बारेमा मैले भारत भ्रमणमा पनि कुरा उठाएको थिए । भारतीय प्रधानमन्त्री मोदीसँग यस विषयमा कुराकानी भएको छ । उहाँले पनि हल्ला गरेर सीमाको समस्या समाधान हुने विषय होइन भन्नुभएको छ,’ उनले भने, ‘बढी राजनीतिकरण गरेर सीमानाको विषय समाधान हुँदैन ।’

बंगलादेशसँगको सीमाको विवादलाई भारतले हल गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालले पनि आपसी वार्ताको माध्यमबाट सीमा विवाद मिलाउनुपर्ने बताएका हुन् ।

उनले अर्को महिना भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गर्ने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0