<

आरके श्रीवास्तव,रौतहट,१४ गते असोज

रौतहट । जिल्लाको अधिकांश पालिकाको ग्रामीण भेग गाउँ घर र हाट बजारमा संचालित कुटाइ,पिसाइ तथा पेलाइ गर्ने उधोगी व्यवसायीहरुले मापदण्ड विपरीत कम तौल भएका ढुंगा,इट्टा,फलाम लगायतका ढक तथा काठका प्लयाक र बाँस र डोरी लगायतका तराजु बनाएर नापतौलमा प्रयोग गरी गाउँ घरका स्थानिय सर्वसाधारण तथा गरीब किसान उपभोक्ताहरुलाइ ठगी गरीरहेको गुणासो बढेको छ ।

जिल्लाको ग्रामीण क्षेत्रमा संचालनमा रहेको त्यस्ता अधिकांश उधोगका सञ्चालकहरुले नेपाल सरकार तथा गुणस्तर निर्धारण तथा गुणस्तर तथा नापतौल निर्धारण विभागले तय गरेको ढक,तराजु,नाप प्रयोग नगरी आफनो किसिमले कम तौल र नाप भएका ढुंगा,इट्टा,फलामको रडको ढक प्रयोग गरि उपभोक्ताको वस्तुको तौल बढाइ घटाइ ठगी गर्ने गरेको साथै काठको पटहा÷ल्याक र डोरी तथा बास र डोरीको तराजुमा नापतौल गरी उपभोक्ता ठग्ने गरेको गुणासो स्थानियहरुको छ ।

खासगरी स्थानिय गाउँघरमा रहेका यस्ता उधोग संचालकहरुले सर्वसाधारणलाइ गर्ने गरेको अबैध तरीकाको ठगी सम्बन्धमा स्थानिय प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयको ध्यान जान जरुरी रहेको छ । शहर बजारमा कहिलेकाँही अनुगमन भएपनि ग्रामीण क्षेत्र गाउँ घर तिर स्थानिय प्रशासन र सम्बन्धित निकायको ध्यान कहिले नगएको सर्व साधारण,गरीब किसानको गुणासो रहेको छ । यसरी उपभोक्ता खुलेआम ठगिदा गुणस्तर तथा नापतौल कार्यालय विरगंज मुखदर्शक बनेर बसेको छ । कहिले अनुगमनमा आएको सुनिदैन् । आउँदा पनि अतोपतो हुँदैन् । तसर्थ यस तर्फ विभागले यथासिघ्र ध्यान दिनुपर्ने जानकारहरुले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0