काठमाडौं, ३ असोज ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले संविधानपप्रति कटाक्ष गर्दै विषवृक्षबाट अमृत नफलेको बताएका छन् । संविधानसभाबाट जारी भएको संविधानले देशको सार्वभौमसत्ता, स्वाधिनता, राष्ट्रिय एकता, अर्थतन्त्रमा सुधार गर्न नसकेको भन्दै उनले विषवृक्षबाट अमृत नफलेको टिप्पणी गरेका हुन् ।
बुधबार देशभर संविधान दिवस मनाइरहँदा सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता मुद्दाहरु नेपाली जनताका मुद्दा थिएनन् /होइनन् भन्ने हाम्रो दाबी छ । सुन्दा अप्रिय लाग्न सक्छ, यी मुद्दा सहि थियो भनेर प्रमाणित गर्न कथित बुद्धिजीवि र यसका भरियाहरु निर्रथक प्रयास गरिरहेका छन् । विषवृक्ष रोपेर अमृत फल फल्ने सम्भावना थिएन, अन्ततः फलेन, फल्दैन ।’
देशले अवलम्बन गरेको मार्गचित्रको समीक्षा गर्ने र ‘कोर्स करेक्सन’ गर्ने बेला आएको भन्दै फेसबुकमा उनले लेखेका छन् :
आज संविधान दिवस, संविधानलाइ हामीले आलोचनात्मक समर्थन गरेका छौं । हामी संविधानका मूलभूत मान्यता परिवर्तन गर्ने पक्षमा छौं। यसका लागि संघर्षरत छौं, आफ्नो मान्यताका पक्षमा जनमत बटुल्न प्रयासरत छौं। यो संविधान जारी भएपछि देशमा सुशासन, स्थिरता, दिगो शान्ति, अर्थतन्त्रमा सुधार, रोजगारीको सिर्जना, युवालाइ स्वदेशमै गरिखाने वातावरणको निर्माण, जनताको जीवनस्तरमा आमूल सुधार, भोलिको सुन्दर नेपालको आशालाग्दो खाका एवं राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सबल नेपालका पक्षमा संविघानका पक्षधर र संवाहक शक्तिहरुले कार्य गरेका भए हाम्रा मान्यताहरु स्वतः कमजोर र असान्दर्भिक हककुदै जाने निश्चित थियो । नेपालीमा एउटा उखान छ– “उचालेको कुकुरले मृग मार्दैन।” गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता मुद्दाहरु नेपाली जनताका मुद्दा थिएनन्/होइनन् भन्ने हाम्रो दाबी छ। सुन्दा अप्रिय लाग्न सक्छ, यी मुद्दा सहि थियो भनेर प्रमाणित गर्न कथित बुद्धिजीवि र यसका भरियाहरु निर्रथक प्रयास गरिरहेका छन् । विष वृक्ष रोपेर अमृत फल फल्ने सम्भावना थिएन, अन्ततः फलेन, फल्दैन ।
देशले अवलम्बन गरेको मार्गचित्रको समिक्षा गर्ने र ‘कोर्स करेक्सन’ गर्ने बेला आएको छ। जहककाबाट गल्ती शुरु भएको छ, त्यहि बिन्दुबाट ‘कोर्स करेक्सन’ शुरु गरिनुपर्छ । देशले थप बर्बादी थेग्न सक्ने अवस्था छैन । पचासौं लाख युवालाइ स्वदेश फर्काउने, स्वदेश फर्केका र स्वदेशमै भएका युवालाइ काम र सम्मान दिने, यो देश सबैका लागि बस्नलायक बनाउने काममा लाग्न ढिला भइसकेको छ।
राजसंस्था लगायत कुनै पनि शक्तिलाई निषेध नगर्ने गरी नयककाखाले समझदारीको आवश्यकता छ । देशभित्रका परिवर्तनकारी शक्ति र परम्परागत शक्ति बीचको आपसी एकता, सहकार्य र अस्तित्वको स्विकारोक्तिको जगमा आमूल सुधारको नयकका यात्रा प्रारम्भ गरौं । यो बाटो नै मुलुकको दीर्घकालीन हितमा छ/हुनेछ। सबैले सोचौं ।