<

रौतहट ०९,भाद्र
गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद कलवार विरुद्ध झुटो प्रचारवाजी भएको बताएका छन । गरुडा नगरपालिका केहि वडाका अध्यक्षहरुले बिभिन्न मिडियामा गएर गलत प्रचारवाजी गरेको मेयर कलवारले बताएका हुन् । मेयर कलवारले आफै उपभोक्ता समिती बनेर पैसा निकालेको लगायतका बिषयमा वडा अध्यक्षहरुले झुटो मिडियावाजी गरेको उनको भनाई छ ।
उनले वडा अध्यक्षहरुले निकालिएको भनिएको रकम आ.व २०७७÷०७८ को भएको बताएका छ्न । तत्कालीन मेयर इनु राय यादवको पालामा दुर्गा मंदिर निर्माण गर्न २२ लाख रकम छुट्याईएको थियो । त्यस समय अहिलेका मेयर जयसवाल दुर्गा मन्दिर समितीका अध्यक्ष थिए । तत्कालीन मेयर यादवकै पालामा हालका मेयर कन्थमुनि प्रसाद कलवारको अध्यक्षतामा दुर्गा मंदिर उपभोक्ता समिति बनी निर्माणधीन कार्य भएको थियो । जसको भुक्तानी २०७९ मा भएको थियो । यस्तै मेयर कलवारलाई मोबाइल खरिदमा लगाईएको आरोपको समेत खण्डन गरेका छन । उनले नगरपालिकाबाट वडा अध्यक्षहरुले मोवाईल खरिदमा मेयरले एकलौटी निर्णय गरेको भनिएको कुरामा समेत कुनै सत्यता नरहेको बताएका छन । उनले नगरकार्यपालिकाको बैठक बसी गरिएको निर्णयलाई मेरो एकलौटी भनी गरिएको प्रचारले आफु अचम्मित भएको सुनाए । उनले वडाअध्यक्षहरुले कुनै जनताको लागी नभई आफ्नो स्वार्थको निमित्त बिरोध गरिरहेको समेत आरोप लगाए । अहिलेको बिरोधको जड बजेट रहेको समेत उनले बताए । मेयर कलवारका अनुसार वडाअध्यक्षहरुले आफ्नो खुसी बजेट मागेको र आफुले जनताको अति आवश्यकको कुराको लागी बजेट निर्धारण गर्ने बताएपछी बिरोध गरेका हुन । जनता भन्दा पनि वडाअध्यक्षको बिरोध आफ्नो स्वार्थको निमित्त रहेको बताएका छन । चर्चामा आउन र आफ्नो स्वार्थ पुरा गर्न बदनाम गर्ने षड्यन्त्र धेरै दिन र धेरै बेर नटिक्ने समेत मेयर कलवारको भनाई छ । उनले आफु सधै जनताको मुल समस्याको जड पता लगाई समाधान गर्नेमा कृयाशिल रहेकोले भ्रामक कुराको पछाडि नलाग्न समेत अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0