<

रौतहट । रौतहटको  यमुनामाई गाउँपालिका स्थित अचानक भएको आगलागी बाट गाई बस्तुको लागि सात जनाले स्टक गरिराखेको ठूलो परिमाणमा भुंस र पराल जलेर नष्ट भएको छ ।

यमुनामाई १ जेठरहिया गाउँका  राम श्रेष्ठ राउत कुर्मी, जमविर राउत, राम एकवाल सहनी ,महेश राउत , ओम प्रकाश राउत, रमसेवक सहनी, रामपुकार सहनीले गाउँ छेउमै स्टक गरीराखेको भुंस र परालको कुन्युमा आईतवार अपरान्ह ४ बजे भएको आगलागीबाट जलेर नष्ट भएको हो ।

सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प भलोहियाबाट सई बहादुर राईको कमाण्डमा गएको पाँचजना, प्रहरी चौकी सुकदेव चोकबाट सई रविन्द्र मिश्राको कमाण्डमा गएको पाँचजना र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।

आगलागी बाट भुंस र पराल जलेर १ लाख ५० हजार बराबरको क्षती भएको अनुमान गरिएको छ। तर ठूलो परिमाणको भुंस र पराल जलेर नष्ट हुँदा पशु चौपायाको आहाराको लागि वर्षभरी कठिनाई हुने पीडितहरुले दुःखेसो पोखेका छन् ।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0