<

सर्लाही १३ बैशाख। बागमती सेवा समाज नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिकामा १३ वटा डिप बोरिङ गाडेर कृषक समूहलाई हस्तान्तरण गरेको छ ।

 

संस्थाले उत्थानशील समुदायको निर्माण परियोजना अन्तर्गत ईश्वरपुर नगरपालिका वडा नं। १, ३ र ९ मा १३ वडा डिप बोरिङ गाडिदिएको हो । ती डिप बोरिङ हिजो ईश्वरपुर नगरपालिका ३ स्थित तिनघरिया गाउँमा एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिको उपस्थितिमा कृषक समूहलाई हस्तान्तरण गरिएको उत्थानशील समुदायको निर्माण परियोजनाका संयोजक रजनिस कुमार सिंहले जानकारी दिए ।

 

उनका अनुसार ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, ईश्वरपुर १, ३ र ९ का वडाध्यक्ष क्रमशः धर्मेन्द्र राय यादव, विश्वनाथ साह मलाह र नन्दलाल चौधरीको उपस्थितिमा कृषक समूहलाई डिप बोरिङ हस्तान्तरण गरिएको छ । एउटा डिप बोरिङबाट करिव चार बिघा जग्गामा सिँचाई सुविधा पुग्ने बताइएको छ । बागमती सेवा समाज नेपालले एउटा डिप बोरिङ निर्माण गर्न ९२ हजार रुपियाँ खर्च गरेको छ । डिप बोरिङबाट सिँचाई सुविधा पाएपछि स्थानीय कृषकलाई तरकारी खेती तथा अन्य बालीनालीका लागि पानी पटाउन सहज भएको स्थानीय पत्रकार मुकेश कुमार झाले बताएका छन ।

 

उत्थानशील समुदायको निर्माण परियोजना अन्तर्गत जीविकोपार्जन, विपद् व्यवस्थापन र खानेपानीको क्षेत्रमा काम गरिरहेको परियोजना संयोजक सिंहले बताए । डिप बोरिङ हस्तान्तरण कार्यक्रममा नगरप्रमुख र वडाध्यक्षहरुले यो परियोजना अन्य वडामा पनि विस्तार गरी कृषकका लागि यस प्रकारको सहयोग गरिदिन आग्रह गरेका छन ।न्युज कारखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0