<

हेटौंडा÷शुक्रबारदेखि देशभर कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भयो । देशभरबाट ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएको यस परीक्षामा मकवानपुरका मात्र ७ हजार बढी परीक्षार्थी रहेका थिए ।

हेटौडाको आधुनिक माध्यमिक विद्यालय (मावि) परीक्षा केन्द्रमा आएका केही विद्यार्थीहरू भने प्रश्नपत्रको अस्पष्टताका कारण मर्कामा परेका छन् । परीक्षा सुरु भएपछि प्रश्नपत्रमा प्रश्न बुझ्न नसक्दा उनीहरू निकै तनावमा परेका हुन् । आधुनिक माध्यमिक विद्यालयको कक्षा ‘डी–१२’ मा परीक्षा दिएर निस्किएका विद्यार्थीहरूका अनुसार उनीहरूलाई प्रश्नपत्रमा समावेश चार्टसम्बन्धी प्रश्न बुझ्न नसकिने अवस्था सिर्जना भएको बताउ“छन् ।

एक विद्यार्थीले भनेका छन्, ‘प्रश्न ४ मा दिइएको चार्टलाई व्याख्या गर्नुपर्ने रहेछ, तर हाम्रो प्रश्नपत्रमा त्यो चार्ट नै बुझिएन । हामीले निरीक्षकलाई समस्या बताउ“दा पनि उनले अर्को प्रश्नपत्र उपलब्ध गराइदिन बेवास्ता गरे ।’ अर्का एक विद्यार्थीले भने, ‘प्रश्नपत्रमै प्रिन्टिङ समस्या छ, प्रश्न नै बुझिएन । यस्तो समस्या अरू दिन पनि भयो भने हाम्रो दुई वर्षको मेहनत नै खेर जान्छ ।’

यसबारे परीक्षा संयोजक कृष्णगोपाल श्रेष्ठले केही प्रश्नपत्र फोटोकपी गर्दा स्पष्ट नभएको पाइएको र ४ नं.को प्रश्नबारे अन्तिम समयमा मात्र जानकारी आएको हुंदा सबैलाई जानकारी गराउन नसकिएको बताए । उनले परीक्षार्थीले भने जस्तो बेवास्ता नगरिएको बताउदै समस्या लिएर अएकाहरुको प्रश्न पत्र नै उत्तर पुस्तिकासंगै राखी पठाइएको जानकारी दिए ।

विशेषगरी आधुनिक माध्यमिक विद्यालयको हल ‘डी–१२’ मा यस्तो समस्या देखिएको बताइएको छ । यद्यपि सामान्य लाग्ने यस्तो घटनाले विद्यार्थीहरूको भविष्यमाथि नै खेलवाड गर्न सक्ने देखिन्छ । यस्ता समस्याले विद्यार्थीहरूमा तनाव बढाएको र परीक्षाको गुणस्तरमाथि प्रश्न उठेको छ । परीक्षा समितिले यसप्रति गम्भीर ध्यानाकर्षण गर्नुपर्ने देखिन्छ ।न्युज कारखानान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0