<

ओम प्रकाश यादव, रौतहट,भदौ ९ गते ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सदस्य नवीन प्रसाद चौरसियाले तराई मधेशका समस्या रास्ट्रिय स्वतन्त्र पार्टीले मात्र समाधान गर्न सक्ने बताएका छन् ।
ठुल्ल ठूल्ला पुरान राजनितीक दलहरुले पटक पटक सरकारको नेतृत्व गर्दै आएपनि तराई मधेशको समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै नेता चौरसयिाले अब रास्ट्रिय स्वतन्त्र पार्टीले मात्र यहाँका सबैखाले समस्या समाधान गर्ने बताएका हुन ।
रौतहट घर भएका नेता चौरसियाले शनिवार पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएका हुन् । पुराना दलहरुकै कारण मधेशमा विकास हुन नसकेको र यहाँका जनता गरिवि तथा बेरोजगारीको चपेटामा परेको उनले आरोप लगाए ।
रास्वपाको तर्फबाट रौतहट क्षेत्र नं ३ को सांसद पदमा समेत चुनाव लडेका सांसद प्रत्याक्षी नवीन प्रसाद चौरसियाले कांग्रेस, एमाले, माओवादी लगाएतका दलले मधेश र मधेशी जनताको मतबाट पटक पटक सत्तामा गएपनि उनिहरुले मधेश र मधेशी जनताको जिवनस्तरमा कुनै परिवर्तन नल्याएको बताए ।
पुराना दलहरुले मधेशमा विकास गर्छु, यहाँको बेरोजगारी, गरिवि अन्त्य गर्छु भन्दै पटक पटक मधेशी जनतासंग मत लिएर सत्तामा गएपनि मधेशको समस्या जस्ताको त्यस्तै रहेको उनले बताए ।
पुराना दलहरुले मधेशी जनतालाई ठग्ने काम मात्र गरेको आरोप लगाउँदै नेता चौरसियाले पुराना दलको विकल्पमा उदाएको रास्ट्रिय स्वतन्त्र पार्टीले मात्र मधेशमा विकास गर्नुका साथै मधेशको बेरोजगारी, गरिवि अन्त्य गर्ने दावी गरे ।
पुराना दलहरु सरकारमा गएर आफना नेता कार्यकर्ता पाल्ने काम मात्र गर्ने गरेका कारण मधेश विकासमा पछि परेको बताउँदै उनले रास्ट्रिय स्वतन्त्र पार्टी सरकारको नेतृत्व गर्न पाए काम गरेर देखाउँने र मधेशको विकासमा कायापल्ट गर्ने दावी गरे ।
आउँदो २०८४ सालमा हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी देशकै सबभन्दा ठुलो दल बन्ने र सबभन्दा पहिले मधेशकै समस्या समाधान गर्ने उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र मधेश र मधेशी जनताको मुक्ति दिलाउन सक्ने र यहाँका सबैखाले समस्याको समाधान गर्न सक्ने भएको हुँदा कसैको प्रलोभनमा नपरी अहिले देखी नै राष्ट्रिय स्वतन्त्र पार्टीमा लाग्न उनले सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0