<

आरके श्रीवास्तव,रौतहट,साउन २९ गते ।
रौतहटको गढिमाइ नगरपालिकाले बजेट ल्याएको छ । सोमबार गढिमाइ नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । समनपुर स्थित नगरपालिकाको सभाकक्षमा बजेट अधिवेशन बोलाईएको थियो । नगरपालिकाले नवौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ५३ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । विभिन्न कारणबस ढिलै भएपनि नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको नगर प्रमुख श्याम यादवले जानकारी गराउनु भयो । धेरै उत्साहका साथ सम्पन्न भएको नवौं नगरसभा बाट गढिमाइ नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगरप्रमुख यादवले बजेट वक्तव्य पढेर सुनाउनु भएको थियो ।


आगामी आर्थिक वर्षका लागि ५३ करोड १५ लाख ८४ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो । बजेटमा चालु तर्फ ३७ करोड़ ७२ लाख ४७ हजार चार सय रुपैयाँ र पुँजीगत तर्फ १५ करोड ४३ लाख ३७ हजार बजेट प्रक्षेपण गरिएको गढीमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिनु भयो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष १२ करोड ५० लाख कम बजेट प्रस्तुत गरिएको उनको भनाइ छ । नगरसभामा विभिन्न वडाका वडा अध्यक्षहरू,जनप्रतिनिधिहरू,पत्रकार, सुरक्षाकर्मी,नगरपालिकाका कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यता रौतहटका १८ स्थानिय तह मध्ये दुइ वटा नगरपालिका र दुइ वटा गाउँपालिकाले अझै बजेट ल्याउन सकेको छैन् । जिल्लाको माधवनारायण नगरपालिका र फतुवा बिजयपुर नगरपालिकाले बजेट ल्याउन सकेको छैन् । भने जिल्लामा रहेको दुइ वटै गाउँपालिका यमुनामाइ गाउँपालिका र दुर्गाभगवती गाउँपालिकाले बजेट ल्याउन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0