<
हनुमत कुमार यादव,रौतहट २९ गते साउन ।
रौतहट जिल्लाको गौर नगरपालिका -८ पुरेन्वामा खाल्डोमा डुबेर मृत्यु भएको एक शव बरामद भएको छ । परेमी राउत को छोरा अन्दाजी ३५ वर्ष को शुसिल राउतको खाल्डोमा डुबेर मृत्यु भएको फेला परेको छ । साउन २७ गते शनिवार को रति ९ बजे देखि नै बेपत्ता रहेको र आज गौर को बरहबा खोलाको सोतिमा पुरेन्वाको स्कुल स्थिति रहेको पुल मुनी आज बिहान सोमबार को दिन लास फेला परेको छ |
उनका परिवारजनहरु दुई दिन देखि खोजी तलाश गरिरहेको थियो । आज एकासी मृत अवस्थामा शव फेला परेपछी शोकाकुल बनेका छन् । राउत करीब १६ वर्ष भन्दा बढी नेपाल प्रहरीमा रही हवल्दार बनेका थिए । राउतको मानसिक स्थिति खराब भए पछी उनलाई बर्खास्त गरिएको थियो ।
बर्खास्त भएको बेला उनी विरगंज कार्यरत थिए । बर्खास्त बारे उनी मुद्दा पनी खेपी रहेको परिवारजनले बताएका छन् । राउतको ५ वटा बालबच्चाहरु रहेको छ । उनका सबै भन्दा ठुला छोरा रहेको जो चाही घर बाहिर नै बस्ने गर्दछ । उनी बर्खास्त भए पश्चात ज्याला मजदुर गरी जिवनको पार्जन गरिरहेको परिवार जनको भनाई रहेको छ । राउतका मृत शरीर लाई प्रहरीबाट बुझी हिन्दू रितीरीवाज अनुसार कृयाकर्म गरीएको पारिवारिक स्राेतले जनाएको हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0