<

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज । 

जिल्ला विपद् व्यवस्थापन समिति राैतहटकाे बैठक सम्पन्न भएको छ । बाढीबाट प्रभावितहरूको उद्धार, क्षति तथा राहत बारे र बाँधलाई मर्मत तथा ठोस रुपमा निर्माण र स्तरोन्नति गर्ने लगायतका बिषयहरूमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिको अध्यक्षता बैठक बसेकाे थियोे ।

जिल्ला प्रशासन कार्यालयको सभाहल गौरमा साे बैठक बसेकाे थियोे । बैठक बाट बागमति बकैया नदी नियन्त्रण आयोजना को कार्यालय पर्बानिपुरमा रहेकोले तत्काल यी दुवै नदि दुख दिरहेको जिल्ला रौतहटको गौरमा सार्न पहल गर्ने,

बागमति बकैया दुबै नदिको बेड लेबल माथि आएकोले गहिरो गर्न र दुबै तिर बाधंको हाईट बढाई स्थाई समाधान गर्न जिल्लाको ४ वटै संघिय सांसद  ८ वटै  प्रदेस सांसद १८ वटै मेयरहरू राजनितीक दल नागरिक समाज पत्रकार समेतको उपस्थितिमा छलफल गरि कार्य अघि बढाउने,भत्केको बागमति बकैयाका बाधंहरूको अस्थाई मरम्मत तत्काल शुरू गर्ने,किसानहरूको बाली नाली,माछा पोखरी,ब्यपार ब्यबसाय को क्षति विवरण ३ दिन भित्र तयार गरि पेस गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरिएको जनाइएको छ ।

बैठकमा जिल्लाकाे तीन वटै सुरक्षा निकायका प्रमुख,१८ वटै पालिकाका नगरप्रमुख,प्रमुख प्रशासकीय अधिकृत लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0