<

आर एन पटेल,साउन २९ गते
बौधिमाइ नपा २ इनर्वा नदिपारीमा स्वास्थ्य सेवा इकाई उदघाटन कार्य सम्पन्न भएको छ ।
रौतहट जिल्लाको बौंधीमाई नगरपालिका वडा नं । २ इनर्वाटोल लाल बकैया खोला पारीमा स्वास्थ्य सेवा इकाई कार्यालयको उद्दघाटन कार्य नगर प्रमुख प्रदीप कुमार यादव तथा वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलद्धारा आज सोमबार विधिवत रुपमा सम्पन्न भएको छ । कार्यक्रम वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न भएको छ । वडा अध्यक्ष पटेलको अथक प्रयास पछि स्वास्थ्य सेवा इकाई स्थापना भएको स्थानियहरु बताएका छन् । वडा नं २ को नदिपारी अति विकट ठाउँ भएकोले स्वास्थ्य सेवा बाट वञ्चित भएका स्थानिय बासीहरुले गाउँमै स्वास्थ्य सेवा स्थापना भएको हुँदा खुशी व्यक्त गर्दै वडा अध्यक्ष पटेललाई धन्यबाद ज्ञापन गरेका छन् ।


साथै यस स्वास्थ्य सेवा इकाईबाट सेवा लिई थप लाभ लिनका लागि उद्दघाटन सँगै वडा अध्यक्ष पटेलले गर्भवती सुत्केरी महिलालाई प्रत्येक पटक चेकजाँच वापत पौष्टिक आहारको लागि १० वाट अण्डा र सुत्केरी किट दिइने घोषणा गर्नु भएको छ ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद राय यादव, स्वास्थ्य संयोजक तारकेश्वर प्रसाद पटेल, सहायक स्वास्थ्य संयोजक राकेश यादव, लेखा प्रमुख अरविन्द कुमार यादव, वडा नं १ को वडा अध्यक्ष रामजोधी राउत, वडा नं ४ को वडा अध्यक्ष तुरन्त नारायण यादव, नपाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य सवयंसेविका, कर्मचारीवर्ग, बुद्धिजीवी, नेता कार्यकर्ता, प्रहरी प्रसासन लगायत सर्व साधारणको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0