<

बज्जिकाञ्चल संवाददाता,गाैर,१६ गते असाेज । 

राजदेवी नगरपालिकाले पालिका भित्र बाढी प्रभावीत प्रत्येक घर घरमा पुगदै क्षती संकल कार्य शुरु गरेको छ । असोज १२ गते आएको बाढीले पालीकाको ९ वटै वडामा क्षती पुगेको प्रारम्भीक अनुमान गरिए अनुसार क्षतिपूर्ति गर्ने उदेश्यले पीडितहरूको घर–घरमा नपाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थकर्मी, कृषि तथा पशुप्राविधिक र नगर प्रहरीको टोली पठाईएको नगर प्रमुख भिखारी यादवले जानकारी दिनु भएको छ ।
तत्काल राहतका लागि प्राथमिक जाँच र सहायता प्रदान गरेको छ भन्ने राहत तथा क्षतिपूर्ति सम्बन्धी विस्तृत जानकारी भने संकलन प्रक्रिया पूरा भएपछि मात्र उपलब्ध गराइने प्रमुख यादवले बताए ।


बाढीका कारण फैलिन सक्ने महामारी तथा स्वास्थ्य समस्याको निवारणका लागि दुईवटा च्बउष्म च्भकउयलकभ त्भबm समेत परिचालन गरी नगरवासी माँझ पुर्याइएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जनाकारी दिनु भएको हो । अधिकृत कायस्थका अनुसार, टोलीले पीडितहरूको स्वास्थ्य अवस्था, क्षति, र आवश्यकताहरूको विवरण संकलन गरिरहेको छ, जसको आधारमा उपयुक्त सहयोग र क्षतिपूर्ति प्रदान गरिनेछ बताउदै, यो प्रक्रिया पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ, र त्यसपछि प्रभावितहरूलाई अझ प्रभावकारी रूपमा सहयोग गर्न सकिने अधिकृत कायस्थले बताए । यस कार्यमा सवै नगरवासीले सहयोग गर्न राजदेवी नगरपालिकाले अनुरोध समेत गरेको छ ।


बुधवार बान्ध मर्मत गर्न गएको टोलीलाई केही राजनितिक व्यक्तिको प्रोपगण्डमा बान्ध मर्मत गर्न नदिएको भन्दै नगर प्रमुख यादवले, त्यस्तो कार्य राहतको नाममा राजनितिक र आहत गर्ने काम नगर्न सवै संग अनुरोध समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0