<

रुपेन्द्र पटेल,रौतहट, १५ असोज ।

रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं ५ बडहरवामा बाढी तथा डुबानबाट पीडित भएका परिवारहरूको लागि तत्काल राहत वितरण गरिएको छ । ग्रामीण विकास केन्द्र नेपाल नामक गैरसरकारी संस्थाले अक्सफाम नेपालको आर्थिक सहयोगमा सञ्चालित आपतकालीन बाढी प्रतिकर्य २०८१ अन्तर्गत राहत वितरण गरेको हो । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढी र डुबानले प्रभावित ५० घरपरिवारलाई प्रत्यक्ष रूपमा उनीहरूकै समुदाय ÷टोल बढहरवा पुगेर आकस्मिक खाद्यान्न सामाग्रीहरु, अस्थाई आवास (म्याट, त्रिपाल र डोरी, महिला सरसफाई सामाग्री, हाइजीन किट सेट लगबयत १५ किसिमका आवश्यक सामग्रीहरु प्रदान गरिएको छ । कार्यक्रम सहजकर्ता ज्योती फुयालका अनुसार, स्थानीय प्रशासन र प्रहरीको सहयोगमा वितरण गरिएको राहत सामग्री विशेषगरी हाल बिस्थापित साथै अति विपन्न तथा गरिब परिवारलाई प्राथमिकतामा राखिएको थियो । राहत वितरण कार्यक्रमका अध्यक्ष शम्भु सिंहले बाढीको कारणले घरबारविहीन भएका पीडितहरूलाई केही राहत मिलेको बताए। सिंहको आग्रहमा अक्सफाम नेपालले दिएको सहयोगबाट ग्रामीण विकास केन्द्र नेपालले यो सहयोग गरेको हो। सिंहले यसअघि पनि प्रारम्भिक अवस्थामा चिउरा, भुजा र दालबुट जस्ता आपतकालीन खाद्य सामग्री वितरण गरेका थिए । राहत वितरण कार्यक्रममा दुर्गा भगवती गाउँपालिका वडा नं ५ का वडाध्यक्ष धर्मनाथ चौधरी, अक्स्फाम नेपालका प्रतिनिधि विवेक कार्की, आरडी सी नेपालका कार्यकारी निर्देशक आशिष कुमार सिंह, तथा कार्यक्रम संयोजक चिरञ्जीवी महत्वको समेत सहभागिता रहेको थियो । हाल आकस्मिक राहत प्राप्त गरे पनि करिब २५० घरपरिवार अझै पनि सडकमा बस्न बाध्य छन् । बाढीले निम्त्याएको यस आपतमा दुर्गा भगवती गाउँपालिका वडा नं ५ का ४५ वर्षीय गान्धी शाह र वडा नं ७ का राजकरण मुखियाको ज्यान गइसकेको छ । साथै, सर्पको टोकाइका कारण २० जनाभन्दा बढी सर्वसाधारण स्वास्थ्य जोखिममा परेका छन् । स्थानीय प्रशासनले तत्काल थप राहत तथा उद्धारको आवश्यकता रहेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले सरकारले प्रभावित क्षेत्रलाई तत्काल प्रभावकारी सहयोग पु¥याउन अपिल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0