<

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज । 

राैतहटकाे कटहरियामा बाढी पिडितले राहत पाएका छन् । जनता सँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत भएको आउँदै गरेको बडा दशैकाे अवसरमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा साे राहत सामाग्री वितरण गरिएको छ ।

बर्षाको कारण बाढी प्रभावित रौतहटको कटहरीया नगरपालिकाको वडा नम्बर २ जमुनिया छेदी चाैक टोलका प्रभावित ६१ जना घरपरिवाहरुले राहत पाएका छन् ।

राहत स्वरूप १ वोरा चामल ,दाल,त्रिपाल पाएका छन् । यस्तै किसिमकाे सहयाेग पाउने आशमा अन्य बाढी पिडित रहेका छन् ।

नगर प्रमुख अजय प्रकाश जयसवालले साे सामाग्रीहरू राहत स्वरुप वितरण गरेका हुन् । साथै उनले किसानहरूको भएको बालीनाली क्षतिपूर्ति बारे सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइ उपलब्ध गराउने प्रतिबद्धत समेत जनाएका छन् ।

लालबकैया नदीमा आएकाे बाढीले कटहरिया वडा नम्बर १ झाैवा टाेली नजदिककाे बाँध फुटाएकाे थियाे ।

बाँध फुटेपछि कटहरिया वडा नम्बर १ काे केही भाग र ४ काे हर्षाहा टाेल बाढी बाट प्रभावित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0