<

राजेश निर्माणी,रौतहट,असोज १६ गते।

वृन्दावन नगरपालिकाको वडा नं. ५ मा रहेको श्री राम जानकी आधारभूत विधालय नरकटियामा अध्ययनरत विद्यार्थीहरू नयाँ पोसाक पाएपछि खुसी भएका छन्।


वृन्दावन नगरपालिकाको सहयोगमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको वडाध्यक्ष फेकु दासले जानकारी दिनुभयो । उहाँले विद्यालयमा अध्ययनरत ५ सय ५० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको जानकारी दिनुहुँदै पोसाक पाउनेमा २५० जना छात्र र ३०० जना छात्रा रहेको बताउनुभयो।


वडा अध्यक्ष दासले आफू अर्कै पार्टीबाट निर्वाचित भएता पनि नगर प्रमुख कुर्मीले आफुलाइ सधैं सहयोग गर्दै आएको बताउदै नगर प्रमुखले गरेको कार्यको चर्चा गर्दै धन्यवाद  ज्ञापन समेत गर्नुभयो ।


पोसाक वितरण कार्यक्रमका प्रमुख अतिथि वृन्दावन नगरपालिका का नगरप्रमुख विनोद प्रसाद कुर्मीले कपडा अभावमा पढाइबाट वञ्चित हुन नपरोस् भन्ने अभिप्रायले पोसाक वितरण गरिएको बताउनुभयो। विद्यालयमा अध्ययनका लागि आउने छात्र-छात्राहरू समान भएको भन्दै नगर प्रमुख कुर्मीले सो विद्यालयमा अध्यनरत छात्र-छात्राहरुलाई दुई-दुई थान स्कुल पोसाक हस्तान्तरण गर्नुभयो।


नगर प्रमुख कुर्मीले सो विद्यालय अति गरिब तथा दलित बसोबास भएको वडामा रहेकोले आफुले सो विधालयलाई सधै सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि सो बिधलयलाई सहयोग गर्दै जाने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।

त्यसैगरी सो पोसाक वितरण कार्यक्रमको विशिष्ट अथितिको रुपमा पाल्नु भएका वृनदावन नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर भुजेलले पोसाक पाएका विधार्थी तथा सो विधालयका  शिक्षिका शिक्षिका हरुलाई नियमित रुपले विधालय पोसाक लागाएर मात्र विधालय आउन निर्देशन दिदै सो विधालयमा अध्यनरत विधार्थी लाई एकदिन पनि न बिराइकन पोसाकका साथ त्यारी पारेर नियमित रुपले विधालय पठाउनका लागि त्यहाँका अभिभावकहरुलाई आग्रह गर्नुभएको छ।

 

उहाँले नगरले विद्यालय पोसाक मात्रै नभई गुणस्तरीय शिक्षा, खेलकुदको उचित प्रबन्ध समेत विद्यार्थीहरूको लागि गर्नुपर्ने चर्चा गर्नुका साथै अभिभावकहरूलाई समेत विद्यालयमा आएर निगरानी र अनुगमन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मी सहनीले सो विधालय मा अध्यनरत कतिपय दलित बालबालिकाहरू पोसाक अभावमा नियमित हुन नसकेको बताउनुहुँदै उक्त पोसाक वितरणले विद्यार्थीको पठनपाठन नियमित हुन सहयोग पुग्ने बताउनुभयो ।

पोसाक वितरण पश्चात् नगर प्रमुख कुर्मीको सहयोगमा सो विद्यालय मा निर्माण भइरहेको कार्यलाई नगर प्रमुख कुर्मी,प्रमुख प्रसासकिय अधिकृत भुजेल,शिक्षा संयोजक उपेन्द्र महतो, र नगर पालिकाका इन्जिनियर कमलेश कुश्वाहाले अनुगम समेत गरेकाछन्। अनुगमन गर्दै नगर प्रमुख कुर्मीले भवन निर्माण कार्यमा प्राविधिकको सल्लाह अनुसार स्टिमेट अनुसारको गुणस्तरिय काम गर्न निर्देशन दिएका हुन्।

कक्षा ८ सम्म पढाइ हुने सो विधालयमा कक्षाकोठाको अभाव रहेकोले चुनावी प्रतिवद्धता अनुसार नगर प्रमुख कुर्मीले आफ्नो नगर स्तरीय योजनाको २३ लाख र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार गरि कुल रकम ४५ लाख ५० हजारको लागतमा सो भवनको निर्माण भइरहेको नगरप्रमुख कुर्मीले जानकारी दिनुभयो।

उक्त पोसाक वितरण कार्यक्रमको अध्यक्षता सो विधालयका विधालय व्यवस्थापन समितिका अध्यक्ष रितेश साहले गर्नुभएको थियो भने,कार्यक्रमको प्रमुख अथितिको रुपमा नगर प्रमुख विनोद प्रसाद कुर्मी र विशिष्ट अथितिमा प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर भुजेल रहेका थिए। त्यसैगरी अथितिमा सोही वडाका वडाअध्यक्ष फेकु दास,शिक्षा संयोजक उपेन्द्र महतो,युवानेता सलामोदिन दर्जी,समाजसेवी प्रेम राउत,कार्यपालिका सदस्य राजेश पासवान,र सो विधालयका प्रधानाध्यापक लक्ष्मी सहनीको साथै विधालयमा कार्यरत शिक्षक-शिक्षिका लगायत स्थानीय अभिभावक हरुको समेत उपस्थिति रहेको थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0