<

रौतहट साउन २९ ।

रौतहट जिल्लाको परोहा नगरपालिका अन्तर्गत संचालित प्राथमिक स्वास्थ्य केन्द्रमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रम परोहा नगरपालिका आयोजना र सामुदायिक तथा बाल विकास केन्द्र, परोहा न.पा. ६, रौतहटको सहयोगमा सम्पन्न भएको छ ।

सामुदायिक तथा बाल विकास केन्द्र, परोहा न.पा. ६, रौतहटका अध्यक्ष कृष्णा कान्तको विशेष पहलमा लगभग सयौं जना भन्दा बढिको संख्यामा व्यक्तिहरुको रक्तदान गर्न तयार रहेको थियो । नेपाल रेडक्रस गौरबाट खटिएका टिमहरुलाई भ्याई नभ्याई समस्या उत्पन्न भएको थियो ।

उक्त कार्यक्रममा आज कृष्णा कान्तको पहलमा लगभग ६३ जनाले स्वईच्छा रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटिसँग मात्र ६३ वटा मात्र पोका रहेको कारणले ६३ जना नै रक्तदान पाएका छन् । रक्तदान जिवन दान भन्ने उद्देश्यका साथ हर्षित भई रक्तदान गर्न आएका व्यक्तिहरु रक्तदान गर्न नपाए पछि नाराश भई फिर्ता भएको कुरा सामुदायिक तथा बालविकास केन्द्रका अध्यक्ष कृष्णा कान्त पटेलले जानकारी गराउनु भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0