<
 मञ्जय राम,कटहरिया,साउन २९ गते ।
रौतहट प्रहरी फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । विभिन्न अपराधका फरार अपराधीलाइ पक्राउ गर्ने योजना अनुरुप ती व्यक्तीलाइ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तथा मातहत समेत बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी लाइ पक्रेको हो ।
पक्राउ पर्नेमा जिल्लाको यमुनामाइ गाउँपालिका वडा नम्बर ४ बस्ने रामबालक साह रहेका छन् । उनलाइ सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनलाइ सोही दिन बेलुका दुर्गाभगवती गाउँपालिका वडा नम्बर १ पिपरा बजार बाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका साहलाइ आइतवार नै सम्मानित रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रसाद यादवले जानकारी गराउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0