<

सरिता श्रीवास्तव,कटहरिया, साउन २९ गते
साउन महिनाको अन्तिम सोमबारको दिन रौतहट सहति देशै भरिको शिवालय मन्दिरहरुमा दर्शनार्थीको भिडभाड देखिएको छ । जिल्लाको प्रसिद्ध शिवनगर महादेव मन्दिरमा दर्शनार्थीको घुुँईचो लागेको देखिएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५ मा अवस्थित भोलेबाबाको मन्दिरमा कमरथुवा दर्शनार्थीहरुको भिड लागेको हो । साउन महिनाको अन्तिम सोमवारीको अवसर पारेर यति ठुलो संख्यामा मानिसहरुको भिडभाड देखिएको हो ।
धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा रहेको शिवनगर महादेव मन्दिरमा सोमबार दर्शनार्थीको घुुँईचो लागेको देखिएको हो ।

शिवनगर मन्दिरमा प्रत्येक आईतवार नियमित जल चढाउन दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्दछन् । सो अवसर पारेर शिवनगरमा रौतहट , सर्लाही,पर्सा,बारा मधेश प्रदेश भरिका साथै सीमावर्ती भारत बाट भक्तजनहरु आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0