- काठमाडौं,०२ गते माघ ।
निर्वाचन आयोगले विशेष महाविधेशन गरेर पार्टीलाई जीवन्त तुल्याएको गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिएको छ । पार्टीको विधानअनुसार विशेष महाधिवेशन सफल पारेको गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाएको आयोग उच्च स्रोतले बताएको छ ।
निर्वाचन आयोगको आज दिनभर बसेको बैठकले थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेको हो । गगन थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेसँगै सोहीअनुसार पार्टीको अद्यावधिक हुने भएको हो ।
यता आधिकारिकता माग्दै शेरबहादुर देउवा पक्षले धम्कीपूर्ण भाषा प्रयोग गर्दै निर्वाचन आयोगले आफूहरुको विपक्षमा निर्णय सुनाए देशैभर आन्दोलन गर्ने बताएको छ ।
पार्टी विधानविपरीत गएको देउवा पक्षका नेता पूर्णबहादुर खड्काले आगामी प्रतिनिधि सभा निर्वाचन नै प्रभावित पार्ने किसिमले देशैभर आन्दोलन गर्ने धम्की दिएका हुन् ।
तर कानूनका दफा दफा हेरेर दिनभर अनुसन्धान गरेका निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरुले थापा पक्षलाई आधिकारिकता दिएका हुन् ।
उनीहरु बेलुकी कडा सुरक्षाबीच आयोगबाट घर गएका थिए । उनीहरु गएपछिमात्र थापा पक्षलाई आधिकारिकता दिएको सूचना बाहिरिएको हो ।
यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि, पद्धति, संविधान, ऐन, कानून र नियमको परिधिभित्र रहेर मात्रै निर्णय गर्ने बताएका थिए ।
‘‘विधि, पद्धति छ, संविधान छ, ऐन, कानून, नियम छ यसको परिधिभित्र रहेका निर्वाचन आयोगले अध्ययन विश्लेषण गर्ने हो । निर्वाचन आयोगले विधि र पद्धति बाहिर गएर निर्णय गर्दैन । हाम्रो संस्थागत परम्परा छ,’ उनले भने ।
आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने उल्लेख गर्दै भण्डारीले निर्वाचन आयोगको आफ्नै संस्थागत परम्परा रहेको दाबी गरे ।
भण्डारीले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आफ्ना कार्यतालिकाहरु प्रकाशित गरेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गर्न आग्रहसमेत गरे । सभार वर्णन मिडिया








