२०८३ कार्तिक ८
२०८३ कार्तिक ८

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।  एभरेष्ट न्यूज एजेन्सी,

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।