२०८३ कार्तिक ६
२०८३ कार्तिक ६

मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीमा बाबु-छोराको मृत्यु

सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबु-छोराको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दशैँको टीका लगाउन जादै गर्दा भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको दुर्घटनामा परी मृत्यु भएको हो ।

लम्चीबाट भूमिकास्थानको ढाकाबाङ टीका लगाउन जानेक्रममा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल भूमिकास्थान नगरपालिका–२ स्थित सडकबाट तल जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रातिसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी कार्य थालेका थिए । खोजी गर्ने क्रममा बिहीबार बिहान सडकभन्दा तल जंगलमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  एभरेष्ट न्यूज एजेन्सी,

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।