२०८३ कार्तिक २
२०८३ कार्तिक २

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोलले पराजित गरेको छ । बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै लिगमा लगातार नवौँ जित निकालेको हो ।

बार्सिलोनाका लागि लामिन यामलले १०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रियल बेटिसका भालेन्टिन गोमेजले २७औँ मिनेटमा बराबरी गोल गरे पनि रोड्रीले ४१औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा गाब्रिएल जेससले ५१औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता बढाए । त्यसको दुई मिनेटपछि एज अब्देले गोल गर्दै बेटिसलाई खेलमा फर्काउने प्रयास गरे ।

खेलको ६२औँ मिनेटमा एरिक गार्सियाले गोल गरेपछि बार्सिलोनाले ४–२ को अग्रता बनायो । डानी ओल्मोले ८१औँ मिनेटमा अर्को गोल थपेपछि बार्सिलोनाले ५–२ को प्रभावशाली जित सुनिश्चित गर्‍यो ।

दोस्रो हाफको ५४औँ मिनेटमा बार्सिलोनाका यामलमाथि टाउकोले प्रहार गरेको घटनामा रियल बेटिसका फाकुन्डो बर्नालले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।

यस जितसँगै बार्सिलोनाले लिगका अपराजित रहदै ९ खेलमा २७ अङ्क जोडेको छ । रियल बेटिस भने १९ अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गत आज ओमानविरुद्ध खेल्दैछ ।

ओमानको अल अमेरात स्टेडियममा हुने यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै ओमानले पहिला बलिङ गर्ने भएको छ । सिरिजको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो भने नेपालले क्यानडालाई पराजित गरेको थियो ।

नेपालले सिरिजको पहिलो खेलमा जित हासिल गरेर सिरिजमा राम्रो शुरुवात गरेको छ । विश्वकप लिग-२ को शिर्ष चारमा परेर विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा सिधै छनौट हुने सम्भावना सकिए पछि नेपाल अहिले एकदिवसीय मान्यता जोगाउने लडाइमा रहेको छ । यसका लागि नेपालले लिग-२ को अंकतालिकामा शिर्ष ६ भित्र रहनु पर्ने हुन्छ । लिग–२ मा पाँचौँ र छैटौँ स्थानमा रहने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता स्वतः जोगिनेछ भने सातौँ र आठौँ स्थानमा रहने टोलीको मान्यता जोखिममा पर्नेछ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । एन्टिगा एन्ड बारबुडा फाल्कन्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनलमा प्रतियोगिताको पहिलोपटक फाइनल पुगेको जमैका किङ्समेनलाई आठ विकेटले पराजित गर्दै फाल्कन्सले आफ्नो तेस्रो सिजनमै पहिलो उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको जमैका किङ्समेनले माज सादाकतको ११४ रनको उत्कृष्ट इनिङ्सका बाबजुद २० ओभरमा ९ विकेट गुमाएर १७० रन बनाएको थियो । सादाकतले ५८ बलमा नौ छक्का र आठ चौकासहित ११४ रन बनाए । तर अन्य ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली ठूलो योगफल बनाउनबाट रोकिएको थियो । फाल्कन्सका सफियान मोकिमले चार विकेट लिएका थिए ।

१७१ रनको लक्ष्य पछ्याएको फाल्कन्सले १६ ओभर ४ बलमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । अमिर जाङ्गु र हसन नवाजले अविजित ८९ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । जाङ्गुले अविजित ५७ तथा नवाजले अविजित ४७ रन बनाए ।

यसअघि रहकीम कर्नवालले सुरुआती ओभरमै दुई चौका र दुई छक्का प्रहार गर्दै २० रन जोडेर फाल्कन्सलाई आक्रामक सुरुआत दिलाएका थिए । दोस्रो विकेटका लागि एभिन लुइस र जाङ्गुले ६४ रनको साझेदारी गरेपछि फाल्कन्सले खेलमा पूर्ण नियन्त्रण बनाएको थियो । प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित शादाब खानले फाल्कन्सका लागि १३२ रन बनाउनुका साथै ११ विकेट लिएका थिए । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । एन्टिगा एन्ड बारबुडा फाल्कन्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनलमा प्रतियोगिताको पहिलोपटक फाइनल पुगेको जमैका किङ्समेनलाई आठ विकेटले पराजित गर्दै फाल्कन्सले आफ्नो तेस्रो सिजनमै पहिलो उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको जमैका किङ्समेनले माज सादाकतको ११४ रनको उत्कृष्ट इनिङ्सका बाबजुद २० ओभरमा ९ विकेट गुमाएर १७० रन बनाएको थियो । सादाकतले ५८ बलमा नौ छक्का र आठ चौकासहित ११४ रन बनाए । तर अन्य ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली ठूलो योगफल बनाउनबाट रोकिएको थियो । फाल्कन्सका सफियान मोकिमले चार विकेट लिएका थिए ।

१७१ रनको लक्ष्य पछ्याएको फाल्कन्सले १६ ओभर ४ बलमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । अमिर जाङ्गु र हसन नवाजले अविजित ८९ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । जाङ्गुले अविजित ५७ तथा नवाजले अविजित ४७ रन बनाए ।

यसअघि रहकीम कर्नवालले सुरुआती ओभरमै दुई चौका र दुई छक्का प्रहार गर्दै २० रन जोडेर फाल्कन्सलाई आक्रामक सुरुआत दिलाएका थिए । दोस्रो विकेटका लागि एभिन लुइस र जाङ्गुले ६४ रनको साझेदारी गरेपछि फाल्कन्सले खेलमा पूर्ण नियन्त्रण बनाएको थियो । प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित शादाब खानले फाल्कन्सका लागि १३२ रन बनाउनुका साथै ११ विकेट लिएका थिए । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । हङकङ चाइनाले जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई पराजित गरेको छ ।

मलेसियामा जारी खेलमा हङकङ चाइनाले नेपाललाई १५ रनले पराजित गरेको हो ।

हङकङ चाइनाले दिएको २६२ रनको लक्ष्य पछाएको नेपाल ४९.१ ओभरमा अल आउट हुदै २४६ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ९० रन बनाएका थिए भने आसिफ सेखले ४४ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २५, गुलशन झाले २० र करण केसीले २१ रन बनाएका थिए ।

त्यस्तै हङकङ चाइनाका बलर एजाज खानले ४ विकेट लिएका थिए भने यसिम मुर्तजाले २ विकेट लिएका थिए ।

यसअघि हङकङ चाइनाले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २६१ रन बनाएको थियो । हङकङ चाइनाका लागि बाबर ह्यातले शतकीय पारी खेलेका थिए । उनले अविजित रहदै ११७ रन बनाएका थिए । त्यस्तै शहिद वासिफले ४५ रन बनाए भने एहसान खानले अविजित ३५ रन बनाएका थिए । त्यसैगरि नेपाली बलर सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिएका थिए ।

यो जितपछि हङकङ चाइना समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ भने नेपाल समुह विजेता हुदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अब नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने छ भने हङकङ चाइना भने युएईसँग खेल्ने छ । सेमिफाइनलका खेल विहिबार हुने छन् । एसीसी प्रिमियर कपको फाइनल खेल आगामी शनिबार हुदैछ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । इंग्ल्यान्डसँगको टेस्ट सिरिज गुमाएपछि पाकिस्तानले टोलीमा ठूलो परिवर्तन गरेको छ । पाकिस्तानले सात खेलाडीलाई टोलीबाट हटाउँदै पाँच नयाँ खेलाडीलाई पहिलोपटक राष्ट्रिय टोलीमा बोलाएको छ भने मुख्य प्रशिक्षकलाई समेत जिम्मेवारीबाट मुक्त गरेको छ ।

सिरिजका पहिलो दुई टेस्टमा एकतर्फी हार बेहोरेपछि बर्मिङ्घममा सेप्टेम्बर ९ देखि सुरु हुने तेस्रो तथा अन्तिम टेस्टका लागि पाकिस्तानले खेलाडी र प्रशिक्षक टोलीमा व्यापक हेरफेर गरेको हो ।

टोलीबाट हटाइएका मोहम्मद रिजवान, इमाम उल हक, सलमान अली आघा, अली उस्मान र खुर्रम शहजादले सिरिजका खेलमा सहभागिता जनाएका थिए । आमिर जमाल र मोहम्मद आवैस जाफरलाई भने खेल नखेल्दै घर पठाइएको छ ।

पाकिस्तानले सात खेलाडीलाई टोलीमा बोलाएको छ । यसमध्ये साइम अयुब र अब्दुल्लाह फजलले यसअघि टेस्ट खेलिसकेका छन् । अराफात मिन्हास, मोहम्मद इमरान जुनियर, विकेटकिपर सइद बैग, मोहम्मद इमरान र रजाउल्लाहले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका छन् ।

मुख्य प्रशिक्षक सरफराज अहमद र सहायक प्रशिक्षक उमर गुललाई पनि जिम्मेवारीबाट हटाइएको छ । उनीहरूको स्थानमा सीमित ओभरका प्रशिक्षक माइक हेसन र अस्ट्रेलियाका पूर्व तीव्र गतिका बलर एश्ले नोफ्केलाई ल्याइएको छ ।

पहिलो टेस्टमा हेडिङ्लीमा पाकिस्तान एक इनिङ्सले तथा दोस्रो टेस्टमा लर्ड्समा १९४ रनले पराजित भएको थियो । पाकिस्तान आफ्ना चारै इनिङ्समा २०० रनभन्दा कममा अलआउट भएको थियो ।

सिरिजको विचमा सात खेलाडी र मुख्य प्रशिक्षकलाई हटाउने पाकिस्तानको निर्णयलाई पूर्व कप्तान तथा पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्ष रमिज राजाले असाधारण कदम भन्दै आलोचना गरेका छन् । उनले यसले पाकिस्तान क्रिकेटमा त्रासको अवस्था देखाएको र नयाँ तथा बाँकी खेलाडीको आत्मविश्वासमा समेत असर पर्न सक्ने प्रतिक्रिया दिएका छन् । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो टेस्टमा एक इनिङ्स र ५१ रनले पराजित गर्दै दुई खेलको सिरिज १-१ को बराबरीमा टुंग्याएको छ । म्याकायमा भएको खेल अस्ट्रेलियाले दोस्रो दिनमै जितेको हो ।

पहिलो इनिङ्समा बंगलादेश केवल ६४ रनमा समेटिएपछि अस्ट्रेलियाले पहिलो इनिंगमा २१० रन बनाएको थियो  । अस्ट्रेलियाका क्यामरन ग्रिनले ६७ रनको महत्वपूर्ण योगदान दिए । बंगलादेशका शोरिफुल इस्लामले ४८ रन खर्चेर ७ विकेट लिएर उत्कृष्ट बलिङ गरे ।

तर दोस्रो इनिङ्समा पनि बंगलादेशको ब्याटिङ टिक्न सकेन । टोली ९५ रनमै अलआउट भएपछि अस्ट्रेलियाले एक इनिङ्स र ५१ रनको जित हात पारेको हो । बंगलादेशका मुस्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए ।

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क जितका मुख्य नायक बने । उनले खेलमा कुल १० विकेट लिए । पहिलो इनिङ्समा ६ विकेट लिएका स्टार्कले दोस्रो इनिङ्समा पनि महत्वपूर्ण ४ विकेट लिएर बंगलादेशको ब्याटिङ ध्वस्त पारे ।

यसअघि डार्विनमा भएको पहिलो टेस्टमा बंगलादेशले अस्ट्रेलियालाई ९ विकेटले हराउँदै अस्ट्रेलियाली भूमिमा पहिलो टेस्ट जित निकालेको थियो । दोस्रो टेस्टमा अस्ट्रेलियाले त्यसको जवाफ दिँदै सिरिज बराबरी गरेको हो । एभरेष्ट न्यूज एजेन्सी

बज्जिकाञ्चल संवाददाता,०६ गते

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल रियाधलाई ४-० गोल अन्तरले पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा अल नासरले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।

अल नासरका लागि अब्दुल्लाह अल अम्री, जोआओ फेलिक्स, आन्जेलो गाब्रिएल र वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । रोनाल्डोका लागि यो सिजनको पहिलो गोल हो । रोनाल्डो खेल सुरु हुँदा बेन्चमा थिए र दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । मैदानमा आएपछि उनले करिब २१ मिनेटमै गोल गरेका हुन् । यससँगै उनको व्यावसायिक खेल जीवनमा कुल गोल संख्या ९७७ पुगेको छ । अब उनी एक हजार गोलको ऐतिहासिक लक्ष्यभन्दा २३ गोल टाढा छन् । रोनाल्डोको यो नयाँ सिजनको पहिलो खेल पनि हो ।

यस जितसँगै अल नासरले नयाँ सिजनमा लगातार दुई खेल जित्दै बलियो सुरुवात गरेको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको जारी टेस्ट खेलमा बंगलादेशले १५३ रनको अग्रता बनाएको छ ।

डर्विनमा जारी खेलको दोस्रो दिनको खेल सकिदा बंगलादेशले पहिलो इनिंगमा ६ विकेट गुमाएर ३५१ रन बनाएको छ । बंगलादेशका लागि तान्जिद हसनले १०१ रनको शतकीय पारी खेलेका थिए भने कप्तान नजमुल होसैन शान्तोले ८४ रन बनाएका थिए । त्यस्तै मोमिनुल हकले ४९ र मुशफिकुर रहमानले ३६ रन बनाएका थिए । दोस्रो दिनको खेल सकिदा मेहिदी हसन मिराज ३२ र हसन महमुद १३ रन बनाएर खेलिरहेका छन् ।

त्यस्तै अस्ट्रेलियाका लागि मिचेल स्ट्राक र जोस हजेलवूडले २-२ विकेट लिए भने पाट कमिन्स र नाथन लिओनले एक एक विकेट लिएका थिए । यसअघि टेस्टको पहिलो दिन अस्ट्रेलिया १९८ रनमा अलआउट भएको थियो ।

काठमाडौँ । दुई पटकको विश्वविजेता वेस्टइन्डिज फेरि एकपटक एकदिवसीय विश्वकपमा सिधै छनोट हुन असफल हुने अवस्थामा पुगेको छ । सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन वेस्टइन्डिजले अब छनोट प्रतियोगिताको बाटो समाउनुपर्ने सम्भावना बलियो बनेको छ ।

५० ओभरको क्रिकेटमा लगातार कमजोर प्रदर्शन गरिरहेको वेस्टइन्डिजका लागि यो लगातार तेस्रो विश्वकप चक्र हो, जहाँ टोली सिधा छनोटको दौडबाट बाहिरिने अवस्थामा पुगेको छ ।

अफगानिस्तानले आयरल्यान्डविरुद्ध जारी पाँच खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा जित हात पारेपछि वेस्टइन्डिजको अवस्था थप कठिन बनेको हो । अफगानिस्तानको जितले सिधा छनोटको दौडमा उसको स्थान बलियो बनाएको छ भने वेस्टइन्डिजका लागि शीर्ष आठमा पुग्ने बाँकी सम्भावना पनि लगभग समाप्त भएको छ ।

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दैछन् । आयोजकका रूपमा दक्षिण अफ्रिका र जिम्बाब्वेले सिधै विश्वकपमा स्थान बनाउनेछन् । त्यसबाहेक अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एकदिवसीय वरीयताका आधारमा थप आठ टोलीले सिधै विश्वकप खेल्नेछन् । सिधा छनोटका लागि वरीयताको अन्तिम मिति सन् २०२६ सेप्टेम्बर ३० तोकिएको छ ।

न्युजील्यान्डविरुद्धको एकदिवसीय सिरिजपछि वेस्टइन्डिज ७३ अंकसहित १०औँ स्थानमा झरेको थियो । बंगलादेश ८३ अंकसहित नवौँ तथा अफगानिस्तान ९० अंकसहित सातौँ स्थानमा रहेको थियो ।

वेस्टइन्डिजका लागि यस्तो अवस्था नयाँ भने होइन । सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि टोली सिधै छनोट हुन सकेको थिएन । छनोट प्रतियोगिता खेलेर उसले मुख्य प्रतियोगितामा स्थान बनाएको थियो ।

तर सन् २०२३ को विश्वकपमा वेस्टइन्डिजले अझ ठूलो धक्का बेहोरेको थियो । छनोट प्रतियोगितामै बाहिरिएपछि टोलीले मुख्य विश्वकप खेल्न पाएन । जिम्बाब्वेमा भएको छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा जिम्बाब्वे र नेदरल्यान्ड्ससँग पराजित भएपछि वेस्टइन्डिजको विश्वकप यात्रा कठिन बनेको थियो । त्यसपछि स्कटल्यान्डसँगको हारले पहिलोपटक वेस्टइन्डिज विश्वकपबाट बाहिरिने अवस्था बनेको थियो ।

अब सन् २०२७ को विश्वकपअघि पनि टोलीले छनोट प्रतियोगिताबाटै मुख्य प्रतियोगितामा पुग्नुपर्ने अवस्था देखिएको छ ।

अफगानिस्तान र आयरल्यान्डबीचको सिरिज वेस्टइन्डिजका लागि निकै महत्वपूर्ण थियो । आयरल्यान्डलाई सिधा छनोटको दौडमा रहन पाँच खेलको सिरिज ५-० ले जित्नुपर्ने जस्तो कठिन अवस्था थियो । तर पहिलो खेल वर्षाका कारण रद्द भएपछि आयरल्यान्डको सम्भावना निकै कमजोर बनेको थियो । त्यसपछि दोस्रो खेलमा अफगानिस्तानले आयरल्यान्डलाई ९२ रनले पराजित गर्‍यो । यो जितसँगै अफगानिस्तानको स्थिति थप बलियो बनेको छ भने वेस्टइन्डिजको सिधा छनोट हुने सम्भावना लगभग समाप्त भएको छ ।

वेस्टइन्डिजले सेप्टेम्बरको अन्त्यमा भारतविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । पहिलो खेल सेप्टेम्बर २७, दोस्रो सेप्टेम्बर ३० र तेस्रो खेल अक्टोबर ३ मा हुनेछ । वेस्टइन्डिजले भारतविरुद्धको सिरिज ३-० ले नै जिते पनि सिधा छनोटको समीकरण उसको पक्षमा फर्किने अवस्था छैन । सेप्टेम्बर ३० को अन्तिम मितिसम्म टोलीको वरीयता निकै कमजोर भइसकेकाले अब सन् २०२७ को विश्वकपमा पुग्न छनोट प्रतियोगितामै निर्भर हुनुपर्ने सम्भावना देखिएको छ ।

सन् १९७५ र १९७९ मा लगातार दुई पटक एकदिवसीय विश्वकप जितेको वेस्टइन्डिज अहिले लगातार छनोटको संघर्षमा फस्नु टोलीको खस्किँदो प्रदर्शनको स्पष्ट संकेत हो । सन् २०२३ को विश्वकप गुमाएको वेस्टइन्डिजले सन् २०२७ को विश्वकपमा स्थान बनाउन पनि अब लामो बाटो तय गर्नुपर्ने देखिएको छ । एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।