२०८३ कार्तिक ६
२०८३ कार्तिक ६

नोबेलपछि पुलित्जर पुरस्कार नपाएको भन्दै ट्रम्प असन्तुष्ट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल पुरस्कारपछि लेखनका लागि पुलित्जर पुरस्कार नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

ट्रम्पले एक सभामा उनले रुससँग सम्बन्धित अनुसन्धानात्मक समाचारका लागि पुलित्जर पुरस्कार पाएका पत्रकारहरूको आलोचना गर्दै उनीहरूले गलत समाचार लेखेको आरोप लगाए ।

ट्रम्पले विभिन्न युद्ध रोक्न आफूले भूमिका खेलेको दाबी गर्दै नोबेल शान्ति पुरस्कार नपाएको विषयमा पनि असन्तुष्टि दोहोराएका थिए । उनले अहिलेसम्म १९ वटा पुस्तक लेखिसकेका छन् । सन् १९८७ मा प्रकाशित उनको पुस्तक ‘द आर्ट अफ द डिल’ चर्चित छ ।

ट्रम्पको दाबीपछि सामाजिक सञ्जालमा उनको लेखन क्षमतामाथि प्रश्न उठाउँदै प्रयोगकर्ताहरूले व्यङ्ग्य गरेका छन् । पुलित्जर पुरस्कार पत्रकारिता, पुस्तक, नाटक र सङ्गीतका क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित सम्मान हो ।

सन् २०२६ को पुलित्जर पुरस्कारमा ट्रम्प प्रशासनका नीति र कामकारबाहीबारे समाचार लेखेका विभिन्न सञ्चारमाध्यम पनि सम्मानित भएका थिए। ‘द न्युयोर्क टाइम्स’, ‘द वासिङ्टन पोस्ट’, रोयटर्स र ‘द सिकागो ट्रिब्युन’ले ट्रम्प प्रशासनका निर्णय, निजी स्वार्थ र आप्रवासनसम्बन्धी कारबाहीका विषयमा गरेको रिपोर्टिङका लागि पुरस्कार पाएका थिए ।

यसअघि सन् २०१८ मा ‘द न्युयोर्क टाइम्स’ र ‘द वासिङ्टन पोस्ट’ले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेप तथा ट्रम्पको चुनावी टोलीसँगको सम्बन्धबारे गरेको रिपोर्टिङका लागि पुलित्जर पुरस्कार पाएका थिए । ट्रम्पले ती समाचार गलत भएको भन्दै पुरस्कार फिर्ता लिन माग गरेका थिए ।

तर सन् २०२२ मा पुलित्जर पुरस्कार बोर्डले उनको माग अस्वीकार गरेको थियो । बोर्डले पुरस्कार पाएका समाचार पछि गलत प्रमाणित भएको देखाउने कुनै प्रमाण नभेटिएको जनाएको थियो । एभरेष्ट न्यूज एजेन्सी,

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।