काठमाडौँ । बडादशैंअन्तर्गत टीकाको चौथो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम जारी छ ।
आश्विन शुक्लपक्ष चतुर्दशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ ।
त्यस्तै, दशैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र बाहिरिने सवारीसाधनको संख्यामा समेत बढिरहेको छ । घटस्थापनादेखि अष्टमीसम्म दशैं मनाउन घर गएका यात्रु दशैंको टीका लगाएर उपत्यका भित्रने गर्छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवा प्रक्रियामा फेरबदल गरिएको छ। ‘शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३” ले मूल नियमावलीको नियम ९९ मा संशोधन गर्दै शिक्षक सरुवाका नियमहरूलाई फेरबदल गर्न लागिएको हो ।
प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि ‘एक वर्ष पूरा भएका’ र अनिवार्य अवकाश हुन ‘एक वर्षभन्दा बढी समय बाँकी रहेका’ शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवाका लागि निवेदन दिन सक्नेछन् ।
विशेष अवस्थाबाहेकका साधारण स्थायी शिक्षकहरूको हकमा यसअघि राखिएको तीनवर्षे अवधि घटाएर अब एक वर्ष सेवा अवधि पूरा भएपछि नै सरुवा गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ ।
यसको अर्थ अब कुनै पनि स्थायी शिक्षकले नयाँ विद्यालयमा हाजिर भएको वा नियुक्ति पाएको एक वर्षमै सामान्य रूपमा सरुवा पाउन सक्ने छैनन्। यसअघि यो तीन वर्ष पुगेपछि मात्र हुने व्यवस्था थियो । सरुवाका लागि आएका निवेदनहरूमाथि विचार गर्दा मानवीय र विशेष अवस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ ।
संशोधित नियमअनुसार “ख” र “ग” वर्गका अपाङ्गता भएका शिक्षक, अरूको सहारा बिना हिँडडुल गर्न नसक्ने फरक क्षमताका व्यक्ति, गर्भवती महिला र दुई वर्षभन्दा कम उमेरका बच्चा भएका महिला शिक्षकलाई सरुवामा ‘पहिलो प्राथमिकता’ दिइनेछ। अन्य सामान्य शिक्षकहरूको हकमा भने विद्यालयले नै प्राथमिकताक्रम तय गर्नेछ ।
यसैगरी, दुई विद्यालय वा शिक्षकहरूबीच हुने पारस्परिक सरुवाको हकमा पनि निवेदन दिने शिक्षकहरूको कम्तीमा एक वर्ष सेवा अवधि अनिवार्य रूपमा बाँकी हुनुपर्ने सर्त राखिएको छ। यसमा पनि यसअघि राखिएको तीन वर्षे बाध्यकारी अवधिलाई घटाएर एक वर्षमा झार्न प्रस्ताव गरिएको हो ।
नियमावलीले ‘विशेष अवस्था’ लाई पनि थप प्रस्ट्याएको छ। यसअन्तर्गत स्थायी विपद्मा परेका शिक्षक, आकस्मिक वा आपत्कालीन अवस्थाका कारण ज्यान जोगाउनुपर्ने स्थिति, वा शिक्षकको पति/पत्नी, छोराछोरी वा आमाबुवालाई गम्भीर बिरामी भई निरन्तर हेरचाह गर्नुपर्ने अवस्थालाई समेटिएको छ। यस्तो अवस्था विशेषज्ञ डाक्टर वा मानसिक स्वास्थ्य विशेषज्ञबाट प्रमाणित भएको हुनुपर्नेछ ।
यसैगरी, सरकारले तोकेको कडा रोग लागेको वा मेडिकल बोर्डले सिफारिस गरेको फरक क्षमता भएका शिक्षकले पनि यो सुविधा पाउनेछन् । नयाँ संशोधन लागू भएपछि साविकको नियमावलीमा रहेको उपनियम (१५) लाई भने पूर्ण रूपमा हटाउन प्रस्ताव गरिएको छ। एभरेष्ट न्यूज एजेन्सी
विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोका अनुसार विश्व शिक्षक दिवसको अन्तर्राष्ट्रिय श्रम संगठन, युनिसेफ र एजुकेसन इन्टरनेसनलको साझेदारीमा यो दिवस मनाउने गरिएको छ ।
विद्यार्थीको जीवनमा शिक्षकद्वारा दिइएको शिक्षा तथा मार्ग दर्शनका लागि निर्वाह गरिएको भूमिकालाई स्मरण गरिन्छ । सम्पूर्ण शिक्षकलाई सम्मान गर्न यो दिवस हरेक वर्ष मनाउने गरिएको हो ।
यस वर्ष विश्व शिक्षक दिवसका लागि ‘शिक्षकहरूसँग ऐक्यबद्धता: ६० वर्षदेखि पेशाको संरक्षण, प्रतिष्ठाको अभिवृद्धि र हाम्रो भविष्य निर्माणमा योगदान’ भन्ने नारा दिइएको छ एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने घोषणा गरेका छन् ।
बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा गर्दै यो सेन्टर देशकै पहिलो सार्वभौम सेन्टर हुने बताएका हुन् ।
उनले भनेका छन्- ‘काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट सेन्टर स्थापना गर्नेछौं । हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्युट क्षमता उपलब्ध गराउनेछौं ।’एभरेष्ट न्यूज एजेन्सी
चन्दन यादव, राैतहट, ०२ गते भदौ ।
मावि भसेढवामा अंग्रेजी शिक्षक कपिलदेव यादवलाई प्रधानाध्यापक राममंगल यादवले भव्य स्वागतका साथ हाजिर गराएका हुन् । श्री जनता माध्यमिक विद्यालय कटहरियामा कार्यरत अंग्रेजी शिक्षक यादव आजदेखि भसेढवा माध्यमिक विद्यालयमा हाजिर हुनुभएको छ।

विद्यालयका प्रधानाध्यापक यादवले खादा-माला लगाएर उहाँलाई स्वागत गर्दै कार्यभार सम्हाल्न लगाउनु भएकाे हाे । प्रधानाध्यापक यादव अब केही महिनामा अवकाशप्राप्त हुन् लाग्दा शिक्षक यादवलाई हाजिर गराएका हुन् । प्रधानाध्यापक यादव अवकाशप्राप्त नहुन्जेलसम्म शिक्षक यादवलाई शिकक्षकाे रुपमा गराएका हुन् ।

यस अवसरमा कटहरिया बहुमुखी क्याम्पसका प्रमुख गजेन्द्र प्रसाद यादव, कटहरिया बहुमुखी क्याम्पसका लेखा प्रमुख रामनिवाश प्रसाद यादव लगायतका समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी भएका नेकपा माओवादी वडा कमिटीका अध्यक्ष प्रेम शंकर प्रसाद यादवले नयाँ शिक्षकले विद्यालयको शैक्षिक गुणस्तरमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, युवा समाजसेवी दिपेन्द्र कुमार दास र महिला किसान बहुउद्देश्य सहकारी संस्थाका साखा प्रबन्धक नायक बिवेकले पनि शिक्षक यादवलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरका थिए । स्वागत कार्यक्रममा विव्यस का सदस्य रामकमोध यादव, समाजसेवी रामपुकार प्रसाद यादव र सन्तोष प्रसाद यादव पनि उपस्थिति रहेको थिए ।

यसैगरी, विद्यालयका अंग्रेजी शिक्षक राजु यादव र राजेश यादव लगायत भसेडवा माविका शिक्षकहरूको उपस्थिति रहेको थियो । समेत स्वागत गर्दै सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाए । कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य मनोज जयसवाल, स्थानीय भद्रभलाद्मी तथा पत्रकारकाे सक्रिय सहभागिता रहेको थियो ।

काठमाडौँ, १२ असार :
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पु¥याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभएको छ ।
आज राष्ट्रियसभामा सांसद् जगप्रसाद शर्माले प्रस्तुत गर्नुभएको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले संविधानले प्रत्याभूत गरी मौलिक अधिकारको रूपमा राखेको खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पु¥याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभयो हो ।
सबै नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ उपलब्ध गराउन व्यवधानका रूपमा रहेका कानुनी व्यवस्थालाई मन्त्रालयले समयानुकूल पुनरावलोकन गरिरहेको समेत मन्त्री यादवले सदनलाई जानकारी गराउनुभएको थियो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सार्वजनिक निजी साझेदारीको अवधारणमा स्थापित कम्पनी भएकाले यसमा खानेपानी मन्त्रालय, स्थानीय तहहरु तथा निजी क्षेत्र समेतको शेयर लगानी रहेको उल्लेख गर्दै कम्पनी मन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा नरहेको उहाँको भनाइ थियो ।
उहाँले खानेपानीमा राजस्व, आयकर÷भ्याटलगायत सम्पूर्ण कर छुट हुनुपर्ने र यस विषयमा खानेपानी मन्त्रालय सकरात्मक रहेको बताउनुभयो । यस विषयमा मन्त्रालयको धारणासहित गत पुस १२ गतेको अर्थ मन्त्रालयमा पत्राचार गरिएको उहाँको भनाइ थियो । “यस विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइ सकिएको छ, मन्त्रालय तहबाट गरिनुपर्ने कार्यहरू सम्पन्न गरी अर्थ मन्त्रालयलाई यस सम्बन्धमा ताकेता भइरहेको छ”, उहाँले भन्नुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु नाफारहित सामुदायिक संस्था रहेको उल्लेख गर्दै उहाँले सबै किसिमको पम्पिङ प्रणालीका खानेपानी तथा सरसफाई आयोजनाहरू संचालन गर्दा खपत हुने विद्युत् महसुलको दर सिँचाइको विद्युत् महसुलको दर सरह कायम गर्नका लागि पनि प्रक्रिया अगाडि बढेको उल्लेख गर्नुभयो ।
आगामी आर्थिक वर्षमा पनि विद्युत् महसुलमा अनुदान उपलब्ध गराउने विषय बजेट वक्तव्यमा उल्लेख रहेकाले यससम्बन्धी आवश्यक निर्देशिका तयार गरी कार्यान्वयन गर्न मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विद्युत नियमन आयोगको प्रतिनिधिको समेत उपस्थितिमा छलफल गरी उक्त आयोगको नियमावलीमा खानेपानी आयोजनाहरुमा प्रयोग हुने विद्युत् महसुल नुदानको विषयलाई सम्बोधन गर्न गत जेठ २५ मा विद्युत् नियमन आयोगमा पनि पत्राचार गरिएको जानकारी गराउन चाहन्छु ।”
यसैगरी नगर विकास कोष खानेपानी मन्त्रालय मातहत नभए पनि यस विषय सम्बन्धमा गत माघ १२ गते सचिवस्तरीय निर्णयबाट सहरी विकास मन्त्रालयलाई सहमतिको लागि पत्राचार गरिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “विभिन्न खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समितिहरूले नगर विकास कोषको विद्यमान पाँच प्रतिशत ब्याजदरलाई तीन प्रतिशतमा घटाउन मन्त्रालयलाई अनुरोध गरिरहेको र सोही अनुरूप मन्त्रालयले आवश्यक पहल गरिरहेको छ ।”
सहलगानी भएका आयोजनाको कूल लागतको कम्तीमा १५ प्रतिशत उपभोक्ता संस्था व स्थानीय तहले बेहोर्ने गरी सहलगानी खानेपानी तथा सरसफाई आयोजना कार्यन्वयन निर्देशिका, २०८१ गत माघ २१ गते परिमार्जन भइ लागू भउको मन्त्री यादवले बताउनुभयो । अन्य खानेपानी तथा सरसफाई आयोजनाहरुको हकमा पनि एकीकृत निर्देशिका मस्यौदाको तयारीको क्रममा रहेको र छलफल भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
पानी शुद्धीकरणका लागि अत्यावश्यक रसायनका रूपमा रहेको ब्लिचिङ पाउडर नेपालमै सर्वसुलभ रूपमा उपलब्ध हुनुपर्ने मन्त्रालयको धारणा रहेको उहाँको भनाइ थियो । उहाँले उद्योग स्थापनासम्बन्धी कार्य उद्योग मन्त्रालयको कार्यक्षेत्रमा रहे पनि मोडेलमा निजी क्षेत्रलाई प्रोत्साहन र आकर्षित गरी उद्योग सञ्चालन गर्न सकिने मन्त्री यादवले बताउनुभयो ।
काठमाडौं, २ चैत ।
सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनका विषयमा जानकारी गराउने उद्देश्यका साथ ड्यामोक्र्याटिक लयर्स एसोसिएसन नेपाल (डिएलए)ले प्रशिक्षकहरूलाई तालिम दिने भएको छ । डिएलए नेपालको आयोजनामा हुन लागेको प्रशिक्षक प्रशिक्षण चैत ४ गते आइतबारदेखि ५ दिनसम्म चल्नेछ ।
देशभरका सामुदायिक विद्यायमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरेर यस कार्यक्रमको आयोजना गर्न लागिएको डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए ।
प्रशिक्षण कार्यक्रममा ३२ जना कानुन व्यवसायीहरूको सहभागिता रहनेछ । तालिम लिएपछि तिनै प्रशिक्षकहरू देशभरका सामुदायिक विद्यालयहरूमा पुग्नेछन् र कानुनका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनेछन् ।
‘नागरिक भएर गर्नुपर्ने कुराहरू के हुन् रु साइबर ल के हो रु पारिवारिक कानुनले के भन्छ रु बालबालिकाका सबालमा कानुनले के भन्छ रु जस्ता कानुनी विषयका बारेमा विद्यार्थीलाई पढाउन जरुरी छ,’ अध्यक्ष केसीले भने, ‘त्यसैले देशको कानुनको बारेमा विद्यार्थीलाई जानकार गराउन हामीले यो प्रशिक्षण गर्न लागेका हौँ ।’
केसीका अनुसार कानुनसँगै विद्यार्थीहरूलाई ३ तहको सरकार तथा संघीयताका बारेमा पनि जनाकारी गराइनेछ । त्यसैका लागि डिएलए नेपाल अहिले प्रशिक्षकहरू तयार पार्नका लागि प्रशिक्षण गर्ने जुटेको छ ।
पहिलो चरणमा पाइलट परियोजनाअन्तर्गत काठमाडौँका ६६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनबारे कक्षा दिइनेछ भने बिस्तारै देशका ७५३ वटै स्थानीय तहका विद्यालयमा पुग्ने योजना रहेको केसीले बताए ।न्युज कारखाना
भक्तपुर, ३० फागुन ।
एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजयीहरु पुरस्कृत भएका छन् । एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एशियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ को ११ औं संस्करणका प्रतिस्पर्धीहरमध्ये उत्कृष्ट पाँंचजना विद्यार्थीहरु पुरस्कृत भएका हुन् ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा आर्किटेक्चर विषयका चौथो वर्षका विद्यार्थीहरूबीच सम्पन्न भएको प्रतियोगितामा १६ जना विद्यार्थी सहभागी रहेका थिए ।

सहभागीमध्ये उत्कृष्ट ५ विद्यार्थीलाई पुरस्कृत गरिएको हो । विद्यार्थीहरूलाई उत्प्रेरित गर्न उत्कृष्ट पुरस्कारहरूको व्यवस्था थियो ।

प्रतियोगितामा सुश्री पूजा राई सर्वात्कृष्ट विद्यार्थी हुन सफल भइन् । उनले नगद रु ५० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

प्रतियोगितामा फस्ट रनर अप सुश्री स्पर्श शर्मा भइन् र उनले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

सेकेण्ड रनर अपमा सुश्री अंशु प्रजापति विजेता भई नगद रु १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । सान्त्वना पुरस्कार सुश्री सलिना थापा र सुवास चन्दले पाए । उनीहरुले नगद रु पाँंचपाँच हजार र प्रमाणपत्र प्राप्त गरे ।

आर्किटेक्चर विभाग नेक सन् २०१२ देखि एसियन पेन्ट्स नेपालसँग आबद्ध छ । यहाँं सन् २००८ ब्याचको लागि पहिलो एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपाल इन्जिनियरिङ कलेज राउण्ड डिजाइन प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट पाँच विजेताले राष्ट्रियस्तरको एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगितामा अन्य विभिन्न कलेजका उत्कृष्ट ५ आर्किटेक्चर विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

यस प्रतियोगिताको विजेताले भविष्यको हिरोको उपाधि प्राप्त गर्ने जनाइएको छ । शीर्ष १५ विजेताहरूले एशियन पेन्ट्स नेपालको वार्षिक क्यालेन्डर मार्फत आर्किटेक्चर उद्योगमा वास्तुकलामा एक्सपोजर पाउने छन् ।न्युज कारखाना

काठमाडौं, २१ फागुन ।
काठमाडौंको मध्यबानेश्वरस्थित गुणस्तरीय शिक्षाको सङ्गमका रूपमा रहेको भ्याली भ्यु स्कुलले आफ्नो वार्षिक अभिभावक दिवस विशेष शैलीबाट मनाएको छ। बिहीबार र शुक्रबार दुई दिन काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजित वार्षिक अभिभावक दिवसमा कला, शिक्षा र स्वास्थ्यका कुरा गरिएको हो।
पहिलो दिनको उद्घाटन सत्रमा विद्यालयले प्रमुख अतिथिका रूपमा वरिष्ठ हास्यकलाकार मनोज गजुरेललाई आमन्त्रण गरेको थियो। गजुरेलले अभिभावक र विद्यार्थीहरूमाझ कलाका कुरा गरेका थिए। कलाको महत्त्वबारे चर्चा गर्दै गजुरेलले दीर्घ जीवनका लागि खुसी रहनु निकै महत्त्वपूर्ण भएको बताएका थिए। हास्यव्यङ्ग्यात्मक शैलीमा प्रस्तुत भएर उनले सबैलाई हँसाएका थिए।
उनले भ्याली भ्यु स्कुलले शिक्षाका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिएको आफूले पाएको भन्दै विद्यालयको प्रशंसा गरेका थिए।
त्यस्तै दोस्रो दिनको समारोहका प्रमुख अतिथि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बालबालिकाको भविष्य निर्माणका लागि अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्दै स्वस्थ जीवन र त्यसको महत्त्वबारे प्रकाश पारेका थिए।
स्वस्थ जीवनका लागि स्वस्थ मुटु आवश्यक हुने बताउँदै उनले विद्यार्थी जीवनबाट नै स्वस्थकर दैनिकीका बारेमा अभिभावकवर्ग जानकार हुनुपर्ने कुरा औँल्याएका थिए।
कार्यक्रममा विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै बालबालिकाको युग सुहाउँदो ज्ञान, सिप र प्रविधिको विकासका माध्यमबाट मात्रै आजका बालबालिकाको उज्ज्वल भविष्य निर्माण हुने भएकाले भ्याली भ्यु स्कुलले त्यसैको स्तरीकरणमा जोड दिइरहेको बताए ।
अभिभावक दिवसको कार्यक्रममा विद्यार्थीहरूले गीत, सङ्गीत, नृत्य, नाटक, योग र खेलकौशलका अनेक प्रस्तुति प्रदर्शन गरेका थिए।
सो अवसरमा सर्वोत्कृष्ट शैक्षिक छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी र विषयगत रूपमा सर्वोत्कृष्ट हुन सफल शिक्षकहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।
मध्य बानेश्वर, काठमाडौंस्थित भ्याली भ्यु स्कुलले दुई दशकको यात्राक्रममा गुणस्तरीय, प्रविधिमैत्री र जीवनोपयोगी शिक्षामा एकैसाथ जोड दिँदै आएको छ।न्युज कारखाना
भक्तपुर, १० फागुन ।
भक्तपुर नगरपालिका वडा नं ६ देकोचामा रहेका तीन वटा कलेजहरुका वार्षिक उत्सव बुधबारदेखि सुरु भएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयको २४ औं, ख्वप कलेजको २२ औं, शारदा क्याम्पस माविको ३३ औं र ख्वप कलेज अफ लको प्रथम वार्षिकउत्सव कार्यक्रमको उदघाटन भएको हो ।

वार्षिकोत्सवको नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले गरे ।
कार्यक्रममा सांसद सुवालले संसदबाट ख्वप विश्वविद्यालयको विधेयक पारित गराउन निरन्तर प्रयासरत रहेको बताउँदै जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पक्षमा शासकहरुले नै बाधा पु¥याइरहेको आरोप लगाए ।

देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै देश आर्थिक र राजनीतिक रुपमा कमजोर भएमा देशको महत्वपूर्ण निर्णयमा विदेशीले हस्तक्षेप गर्दै जाने धारणा राखे । शासक दलका नेताहरुबाट नेपालका नदीनाला एक पछि अर्को गर्दै भारतलाई सुम्पने गलत काम हुँदै आएको सांसद सुवालले आरोप लगाए ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गराउन आवश्यक पहल गरिरहेको बताए । उनले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरु बन्द, हड्तालबाट मुक्त रहेको बताए ।

बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले शैक्षिक क्षेत्रको विकास र उन्नयनमा भक्तपुर नपाबाट सञ्चालित ख्वप सर्कलअन्तर्गतका कलेजहरुले शैक्षिक प्रकाशस्तम्भको रुपमा काम गरिरहेको बताए ।

कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देश र जनताको सेवालाई केन्द्रविन्दुमा राखी नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिले काम गर्दै आएको बताइन् विश्वविद्यालय अनुदान आयोगका निर्देशक लालप्रसाद आदेयले विश्वविद्यालयहरुले अध्ययन र अनुसन्धानमा जोड दिनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. कुसुम शाक्यले सबै क्षेत्रमा महिलाहरुको सहभागिता उल्लेख्य रहेको बताउँदै महिलालाई शिक्षालाई अगाडि बढाउनु आजको आवश्यकता भएको बताइन् ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अशोककुमार पोखरेल र ख्वप कलेज बीए, बीएसडब्लू र एमए अंग्रेजी कमिनिकी न्याइँच्याइँले पनि शिक्षा क्षेत्रका विविन्न पक्षहरुबारे चर्चा गरे ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले सम्बन्धित कलेजहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

साथै वार्षिकोत्सव अवसर पारेर कलेजले ख्वप कलेज र ख्वप माविमा अविछिन्न रुपमा दश वर्ष सेवा पूरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई कदरपत्रका साथ सम्मान गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले वार्षिकोत्सवको अवसरमा आयोजित चित्रकला प्रतियोगिता, वादविवाद, दौड प्रतियोगिता, सटपुट, भलिबल, बास्केटबल प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए । वार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु पनि प्रदर्शन गरेका थिए ।न्युज कारखाना