२०८३ मंसिर ३
२०८३ मंसिर ३

काठमाडौँ । प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको छ । साथै अन्तरिम आदेशको विषयमा छलफलका लागि विपक्षी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लाई झिकाउने आदेश गरेको छ ।

कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, सचितकृष्ण खरेल, डा. दिनमणि पोखरेल, अधिवक्ताहरू टीकाबहादुर कुँवर, माधव बस्नेत लगायतले अन्तरिम आदेश माग गर्दै बहस गरेका थिए ।

कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

बालेन्द्र शाह सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । रिटमा कार्कीले आफूलाई हटाउने निर्णय कार्यान्वयन रोक्न र पुनः पदमा बहाली गर्नसमेत माग गरेका थिए ।

आजको राशिफल बिस २०८३ मङ्सिर २ गते बुधबार ईस २०२६ नोभेम्बर १८ नेपाल सम्बत ११४७ कछलाथ्व नवमी-९, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल पक्ष नवमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, ध्रव योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १२ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा महत्वपूर्ण प्रस्ताव प्राप्त हुन सक्छ। आफ्नो योजना कार्यान्वयन गर्न सहकर्मीको सहयोग मिल्नेछ। व्यापारमा नयाँ ग्राहकसँग सम्पर्क विस्तार हुने सम्भावना छ। आर्थिक पक्षमा आम्दानीको नयाँ स्रोत खोज्न सकिनेछ, तर खर्च पनि बढ्न सक्छ। कागजी प्रक्रिया र सम्झौतामा विशेष ध्यान दिनुहोला। परिवारमा आफ्नो निर्णयलाई लिएर छलफल हुन सक्छ। अरूको कुरा सुनेर अघि बढ्दा सम्बन्धमा सहजता कायम हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज आर्थिक व्यवस्थापन र व्यावहारिक निर्णयमा ध्यान दिनुपर्नेछ। कार्यक्षेत्रमा आफ्नो अनुभवको उपयोग गरेर महत्वपूर्ण काम पूरा गर्न सकिनेछ। व्यापारमा पुरानो कारोबारको समीक्षा गर्दा नयाँ सम्भावना पहिचान हुनेछ। आम्दानीको केही हिस्सा बचत गर्न सके भविष्यमा सहयोग पुग्नेछ। पारिवारिक सम्पत्ति वा घरायसी विषयमा छलफल हुन सक्छ। नजिकका व्यक्तिसँगको सम्बन्धमा विश्वास कायम राख्नुहोला। अनावश्यक खर्च र विवादबाट टाढा रहनु राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बुध ग्रहसँग सम्बन्धित राशि भएकाले आज बौद्धिक क्षमता, संवाद र निर्णयशक्तिको राम्रो उपयोग गर्न सकिनेछ। अध्ययन, लेखन, सञ्चार तथा व्यापारिक छलफलमा सफलता मिल्ने सम्भावना छ। नयाँ योजना प्रस्तुत गर्दा सकारात्मक प्रतिक्रिया प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा महत्वपूर्ण सूचना वा प्रस्ताव आउन सक्छ। आर्थिक कारोबारमा स्पष्टता अपनाउनुहोला। साथीभाइसँगको भेटघाटले नयाँ अवसरको बाटो खोल्न सक्छ। प्रेम सम्बन्धमा खुलेर कुराकानी गर्दा पुरानो असमझदारी हट्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज व्यक्तिगत र पारिवारिक विषयमा केही बढी समय दिनुपर्ने हुन सक्छ। कार्यक्षेत्रमा पर्दापछाडि रहेका काम पूरा गर्ने अवसर मिल्नेछ। कुनै महत्वपूर्ण निर्णय लिनुअघि पर्याप्त जानकारी जुटाउनुहोला। व्यापारमा नयाँ लगानी गर्नुभन्दा चलिरहेको कारोबारलाई व्यवस्थित बनाउनु उपयुक्त हुनेछ। आर्थिक पक्षमा घरायसी खर्च बढ्न सक्छ। परिवारका सदस्यसँगको संवादले मनमा रहेका कुरा स्पष्ट पार्न सहयोग गर्नेछ। भावनामा आएर निर्णय नगर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सामाजिक सम्पर्क र व्यावसायिक सम्बन्धबाट लाभ लिन सकिनेछ। कार्यक्षेत्रमा सामूहिक प्रयासले महत्वपूर्ण काम पूरा गर्न सहयोग गर्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। व्यापारमा प्रचारप्रसार र ग्राहकसँगको सम्बन्ध विस्तार गर्न सकिनेछ। आर्थिक रूपमा अतिरिक्त आम्दानीको सम्भावना खोज्न सकिनेछ। साथीभाइसँगको भेटघाटले नयाँ योजना बनाउन प्रेरित गर्नेछ। परिवारमा आफ्नो व्यस्तताका बाबजुद समय दिनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज व्यावसायिक जिम्मेवारी र व्यक्तिगत लक्ष्यमा ध्यान केन्द्रित हुनेछ। कार्यक्षेत्रमा आफ्नो दक्षता देखाउने अवसर मिल्न सक्छ। कागजात, हिसाबकिताब र महत्वपूर्ण विवरणमा सावधानी अपनाउनुहोला। व्यापारमा नयाँ योजना अघि बढाउन सकिनेछ, तर त्यसको लागत र सम्भावित लाभको मूल्याङ्कन गर्नु आवश्यक छ। आर्थिक पक्षमा नियमित आम्दानीलाई व्यवस्थित गर्ने समय छ। परिवारमा तपाईंको सल्लाह महत्वपूर्ण बन्न सक्छ। कामको चापबीच आरामलाई पनि महत्व दिनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज अध्ययन, ज्ञान र नयाँ अनुभवप्रति रुचि बढ्नेछ। शैक्षिक तथा व्यावसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्दा समर्थन मिल्नेछ। व्यापार विस्तारका लागि नयाँ क्षेत्रसँग सम्बन्ध जोड्ने प्रयास सफल हुन सक्छ। आर्थिक पक्षमा दीर्घकालीन योजनालाई प्राथमिकता दिनुहोला। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागिता बढ्न सक्छ। परिवारका सदस्यसँग भविष्यका विषयमा छलफल गर्दा उपयोगी सुझाव प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज आर्थिक कारोबार र साझा जिम्मेवारीका विषयमा विशेष सतर्कता आवश्यक छ। कार्यक्षेत्रमा जटिल विषयको समाधान खोज्ने अवसर मिल्न सक्छ। पुरानो भुक्तानी वा लेनदेनको हिसाब मिलाउन पहल गर्नुहोला। व्यापारमा साझेदारी वा लगानीसम्बन्धी निर्णय गर्दा सबै पक्ष बुझ्नु आवश्यक छ। आर्थिक लाभको सम्भावना रहे पनि जोखिमपूर्ण कारोबारबाट टाढा रहनु राम्रो हुनेछ। परिवारमा विश्वासको वातावरण बनाउन खुला संवाद गर्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज व्यक्तिगत सम्बन्ध र साझेदारीका विषय महत्वपूर्ण बन्न सक्छन्। कार्यक्षेत्रमा सहकर्मी वा साझेदारसँगको सहकार्यले राम्रो परिणाम दिन सक्छ। नयाँ सम्झौता वा व्यावसायिक प्रस्ताव प्राप्त हुने सम्भावना छ। निर्णय गर्नुअघि आफ्नो जिम्मेवारी र लाभको पक्ष स्पष्ट पार्नुहोला। आर्थिक कारोबारमा पारदर्शिता कायम राख्नु आवश्यक छ। दाम्पत्य जीवनमा आपसी समझदारी बढ्नेछ। सामाजिक सम्बन्ध विस्तारका लागि पनि दिन उपयोगी रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज दैनिक काम र जिम्मेवारीलाई व्यवस्थित बनाउने अवसर मिल्नेछ। कार्यक्षेत्रमा समयमै काम सम्पन्न गर्न प्राथमिकता निर्धारण गर्नुहोला। सहकर्मीसँगको समन्वयले समस्या समाधान गर्न सहयोग पुर्‍याउनेछ। व्यापारमा व्यवस्थापन र सेवाको गुणस्तर सुधार गर्न सकिनेछ। आर्थिक पक्षमा साना खर्चलाई बेवास्ता नगर्नुहोला। परिवारका सदस्यको आवश्यकतामा सहयोग गर्नुपर्ने हुन सक्छ। आफ्नो स्वास्थ्य र दिनचर्यामा नियमितता कायम राख्नु राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज सिर्जनात्मक सोच र नयाँ योजनाले प्राथमिकता पाउनेछन्। अध्ययन, कला, लेखन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो प्रगति हुन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा प्रस्ताव प्राप्त हुने सम्भावना छ। व्यापारमा नयाँ वस्तु वा सेवाको योजना अघि बढाउन सकिनेछ। आर्थिक पक्षमा व्यक्तिगत रुचिका क्षेत्रमा खर्च बढ्न सक्छ। सन्तान वा परिवारका सदस्यसँग महत्वपूर्ण विषयमा छलफल हुन सक्छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

आज घरपरिवार र व्यक्तिगत योजनामा ध्यान दिनुपर्नेछ। घरको व्यवस्थापन, मर्मतसम्भार वा सम्पत्तिसम्बन्धी विषयमा छलफल हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्न थप मेहनत गर्नुपर्नेछ। व्यापारमा पारिवारिक सहयोगबाट नयाँ काम अघि बढाउन सकिनेछ। आर्थिक पक्षमा घरायसी खर्चको योजना बनाउनुहोला। परिवारका ज्येष्ठ सदस्यको सुझाव उपयोगी बन्न सक्छ। व्यक्तिगत सम्बन्धमा भावनाभन्दा व्यवहारिक पक्षलाई पनि महत्व दिनु राम्रो हुनेछ । एभरेष्ट न्यूज एजेन्सी,

(यो राशिफल परम्परागत ज्योतिषीय मान्यतामा आधारित सामान्य फलादेश हो। व्यक्तिगत जन्मकुण्डली र ग्रहस्थितिअनुसार फलादेश फरक हुन सक्छ ।)

 

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। देशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै, आज राति देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल  गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ, बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली भू-भाग, देशका पहाडी भू-भागका साथै  मधेश प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मधेश तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, आज राति देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै, आज राति देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी

​रौतहट, कात्तिक २३ ।
यस वर्षको शुभ दीपावली पर्व रौतहट जिल्लाभरि नै अत्यन्तै हर्षोल्लास र भव्य रूपमा मनाइएको छ। जिल्लाका प्रमुख बजार तथा ग्रामीण क्षेत्रहरूमा दीपावलीलाई लक्षित गरी घरआँगन सरसफाइ गर्नुका साथै झिलिमिली बत्ती र मैनबत्ती बालेर दीपावलीको उल्लास साटासाट गरिएको थियो।


​रौतहटको कटहरिया, फतुवा विजयपुर, गरुडा, मौलापुरलगायतका विभिन्न स्थानीय तह तथा बजार क्षेत्रहरूमा दीपावली पर्व निकै भव्यताका साथ सम्पन्न भएको स्थानीय बासिन्दाहरूले बताएका छन्। दीपावलीको अवसरमा सम्पूर्ण क्षेत्रहरू रंगीचंगी बत्ती र दीपावलीको उज्यालोले झिलिमिली बनेका थिए।

​एउटा मात्र अप्रिय घटना शान्तिपूर्ण र हर्षोल्लासपूर्ण वातावरणमा दीपावली पर्व सम्पन्न भए पनि जिल्लाको एक ठाउँमा भने आगलागीको अप्रिय घटना घटेको छ। प्राप्त समाचार अनुसार फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ स्थित एक मिस्त्रीको किराना पसलमा अचानक आगलागी भएको छ।


​स्थानीय किराना पसलमा भएको उक्त आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने हालसम्म आउन बाँकी रहेको छ। घटनाको खबर प्राप्त हुनासाथ स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले आवश्यक प्रयास गरेका थिए। यस बाहेक जिल्लाका अन्य कुनै पनि स्थानमा अन्य कुनै किसिमका अप्रिय घटना नभएको र समग्र जिल्लामा दीपावली शान्तिपूर्ण रूपमा सम्पन्न भएको सुरक्षा स्रोतले जनाएको छ।

​शान्ति सुरक्षाको कडा प्रबन्धबीच रौतहटवासीले यसपटकको तिहार तथा दीपावली पर्व आपसी सद्भाव र उल्लासका साथ मनाएका छन्।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज ब्रेक रहेको छ ।

अहिलेसम्मका १८ खेलपछि लुम्बिनी लायन्स सात अङ्कसहित शीर्ष स्थानमा रहेको छ । पाँच खेल खेलेको लुम्बिनीले तीन जित, एक हार र एक खेलमा नतिजाविहीन हुँदै सात अङ्क जोडेको छ ।

तालिकामा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स समान छ–छ अङ्कसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । काठमाडौँले चार खेलमा तीन जित र एक हार बेहोरेको छ भने सुदूरपश्चिमले पाँच खेलमा तीन जित र दुई हार बेहोरेको छ । समान अङ्क भए पनि काठमाडौँको नेट रनरेट १.३१३ छ भने सुदूरपश्चिमको –०.२७५ छ ।

चौथो स्थानमा रहेको चितवन राइनोजले चार खेलबाट पाँच अङ्क जोडेको छ । चितवनले दुई जित, एक हार र एक नतिजाविहीन खेल खेलेको छ ।

त्यस्तै, पाँचौँ स्थानको जनकपुर बोल्ट्स, छैटौँ स्थानको कर्णाली याक्स र सातौँ स्थानको विराटनगर किङ्सको समान चार–चार अङ्क छ। जनकपुर र विराटनगरले पाँच–पाँच खेल खेल्दा कर्णालीले चार खेल मात्रै खेलेको छ ।

अंकतालिकाको पुछारमा रहेको पोखरा एभेन्जर्सले भने चारवटै खेल गुमाएको छ । लगातारको खराब प्रदर्शनपछि प्लेअफको सम्भावना भने अब कमजोर देखिएको छ ।

लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्ने भएकाले अहिले चौथो स्थानमा रहेको चितवन राइनोजदेखि सातौँ स्थानको विराटनगर किङ्ससम्मका टोलीबीच शीर्ष चारमा पर्ने प्रतिस्पर्धा रोचक बनेको छ । एभरेष्ट न्यूज एजेन्सी,

आजको राशिफल बिस २०८३ कार्तिक २३ गते सोमबार ईस २०२६ नोभेम्बर ९ नेपाल सम्बत ११४६ आमै-३०, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष औंसी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सौभाग्य योग, नाग करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २० मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १६ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज काममा नयाँ जिम्मेवारी थपिन सक्छ। आफ्नो योजनालाई व्यवहारमा उतार्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीसँग विचार नमिल्दा पनि विवाद बढ्न नदिनुहोला। व्यापारमा नयाँ ग्राहकसँग सम्पर्क विस्तार हुन सक्छ। आर्थिक कारोबारमा पुरानो भुक्तानी उठाउने प्रयास सफल हुन सक्नेछ। परिवारका सदस्यसँग केही समय बिताउँदा मन प्रसन्न हुनेछ। प्रेम सम्बन्धमा आफ्नो अपेक्षा स्पष्ट रूपमा राख्नु राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज आर्थिक विषयमा सोचविचार गरेर निर्णय लिनुपर्नेछ। आम्दानीको नयाँ सम्भावना खोज्न सकिनेछ, तर खर्च पनि बढ्न सक्छ। कार्यक्षेत्रमा धैर्य र निरन्तरताले सकारात्मक परिणाम दिनेछ। व्यापारमा वस्तुको गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान दिनुहोला। घरपरिवारमा सम्पत्ति वा भविष्यको आर्थिक योजनाबारे छलफल हुन सक्छ। नजिकका व्यक्तिसँगको सम्बन्धमा विश्वास कायम राख्दा मनमुटाव हट्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज विचार र अभिव्यक्तिको प्रभाव बढ्नेछ। अध्ययन, लेखन, सञ्चार तथा व्यावसायिक छलफलमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। नयाँ व्यक्तिसँगको सम्पर्कले कामको अवसर सिर्जना गर्न सक्छ। कार्यक्षेत्रमा आफ्नो सुझाव प्रस्तुत गर्दा सकारात्मक प्रतिक्रिया मिल्न सक्छ। आर्थिक विषयमा नयाँ योजना बनाउने समय छ। साथीभाइसँगको भेटघाट उपयोगी बन्नेछ । प्रेम सम्बन्धमा एकअर्काको भावना बुझ्ने प्रयास गर्दा निकटता बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

चन्द्रमाको प्रभावसँग जोडिएको राशि भएकाले आज मन र पारिवारिक विषयमा विशेष ध्यान जान सक्छ। घरको वातावरण सुधार्ने वा पारिवारिक जिम्मेवारी पूरा गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा केही विषय अपेक्षाभन्दा ढिलो अघि बढ्न सक्छन्, त्यसैले हतार नगर्नुहोला। व्यापारमा नयाँ लगानी गर्नुअघि आर्थिक अवस्था मूल्याङ्कन गर्नु आवश्यक छ। परिवारको साथ र सहयोगले आत्मविश्वास बढ्नेछ। भावनात्मक विषयमा तत्काल प्रतिक्रिया दिनुभन्दा शान्त भएर कुरा गर्नु राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सामाजिक तथा व्यावसायिक क्षेत्रमा आफ्नो प्रभाव बढाउने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा महत्वपूर्ण जिम्मेवारी प्राप्त हुने सम्भावना छ। नेतृत्व क्षमता देखाउने क्रममा सहकर्मीको योगदानलाई पनि सम्मान गर्नुहोला। व्यापारमा नयाँ सम्पर्कबाट फाइदा लिन सकिनेछ। आर्थिक पक्षमा विलासिताका वस्तुमा खर्च बढ्न सक्छ। परिवारमा कुनै महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। प्रेम सम्बन्धमा समय र ध्यान दिन सके आपसी समझदारी बलियो बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज कामको परिणामभन्दा प्रक्रियालाई व्यवस्थित बनाउन ध्यान दिनुहोला। कार्यक्षेत्रमा कागजी विवरण, हिसाबकिताब र जिम्मेवारीको पुनरावलोकन गर्न अनुकूल समय छ। व्यापारमा खर्च घटाउने उपाय खोज्न सकिनेछ। आर्थिक पक्षमा नियमित बचतको बानीले भविष्यमा सहयोग पुर्‍याउनेछ। परिवारमा कसैको सल्लाह महत्वपूर्ण बन्न सक्छ। व्यक्तिगत सम्बन्धमा अनावश्यक आलोचना नगर्नुहोला। स्वास्थ्यमा खानपान र दैनिक दिनचर्यालाई व्यवस्थित राख्नु आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज नयाँ सम्बन्ध र सहकार्यबाट अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा सामूहिक प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिनेछ। साझेदारीमा नयाँ योजना अघि बढाउने विषयमा छलफल हुन सक्छ। आर्थिक कारोबार गर्दा सर्त र जिम्मेवारी स्पष्ट पार्नुहोला। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। साथीभाइसँगको भेटघाटले नयाँ सोच विकास गर्न सहयोग पुर्‍याउनेछ। प्रेम सम्बन्धमा एकअर्काको व्यस्तता र भावनालाई सम्मान गर्दा सम्बन्ध सहज बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज व्यावसायिक जिम्मेवारी र व्यक्तिगत लक्ष्यबीच सन्तुलन मिलाउनुपर्नेछ। कार्यक्षेत्रमा मेहनतको परिणाम प्राप्त गर्न केही समय लाग्न सक्छ। नयाँ कामको अवसर आएमा त्यसको दीर्घकालीन प्रभाव बुझेर निर्णय लिनुहोला। व्यापारमा प्रतिस्पर्धीको गतिविधि बुझ्दै आफ्नो रणनीति सुधार गर्न सकिनेछ। आर्थिक पक्षमा अनावश्यक जोखिम नलिनु राम्रो हुनेछ। परिवारमा आफ्नो उपस्थितिको अपेक्षा हुन सक्छ। संयमित व्यवहारले सम्बन्धमा विश्वास कायम राख्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज ज्ञान र अनुभव विस्तार गर्ने अवसर मिल्न सक्छ। अध्ययन, तालिम तथा नयाँ सीप सिक्ने काममा उत्साह बढ्नेछ। कार्यक्षेत्रमा अनुभवी व्यक्तिको सुझाव उपयोगी बन्न सक्छ। व्यापारमा नयाँ बजार वा ग्राहक खोज्ने प्रयास सफल हुन सक्छ। आर्थिक पक्षमा भविष्यका लागि बचत योजना बनाउन सकिनेछ। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागिता बढ्न सक्छ। परिवारसँग भविष्यका योजनाबारे छलफल गर्दा सकारात्मक वातावरण बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज आर्थिक र पारिवारिक दायित्वका विषयमा गम्भीर बन्नुपर्नेछ। पुरानो ऋण, लेनदेन वा भुक्तानीको हिसाब मिलाउने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा अरूको सहयोग लिएर कठिन जिम्मेवारी पूरा गर्न सकिनेछ। व्यापारमा साझेदारी वा लगानीसम्बन्धी निर्णय गर्दा पर्याप्त जानकारी लिनुहोला। घरपरिवारमा आर्थिक योजनाबारे छलफल हुन सक्छ। व्यक्तिगत सम्बन्धमा मनमा रहेका असन्तुष्टि खुलस्त राख्दा समाधानको बाटो भेटिन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज साझेदारी र व्यक्तिगत सम्बन्धले महत्वपूर्ण स्थान पाउनेछन्। कार्यक्षेत्रमा नयाँ सहकार्यको प्रस्ताव आउन सक्छ। आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ, तर निर्णय गर्दा अरूको सुझावलाई पनि महत्व दिनुहोला। व्यापारमा नयाँ सम्झौता वा ग्राहकसँग सम्बन्ध विस्तार हुन सक्छ। आर्थिक कारोबारमा स्पष्टता आवश्यक छ। दाम्पत्य जीवनमा आपसी समझदारी बढ्नेछ। सामाजिक भेटघाट र मित्रताको सम्बन्धले नयाँ अवसरको ढोका खोल्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

आज दैनिक काम र स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता दिनुपर्नेछ। कार्यक्षेत्रमा नियमित जिम्मेवारी पूरा गर्न मेहनत गर्नुपर्नेछ। अधुरा कामलाई सूची बनाएर अघि बढ्दा सहजता मिल्नेछ। व्यापारमा व्यवस्थापन र सेवाको गुणस्तर सुधार गर्ने अवसर छ। आर्थिक रूपमा साना खर्चमा ध्यान नदिँदा बजेट प्रभावित हुन सक्छ। परिवारका सदस्यलाई सहयोग गर्नुपर्ने अवस्था आउन सक्छ। मानसिक थकान कम गर्न रुचिका गतिविधिमा समय दिनुहोला ।एभरेष्ट न्यूज एजेन्सी,

(यो राशिफल परम्परागत ज्योतिषीय मान्यतामा आधारित सामान्य फलादेश हो। व्यक्तिगत जन्मकुण्डली र ग्रहस्थितिअनुसार फलादेश फरक हुन सक्छ ।)

 

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सोमबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, देशका बाँकि हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। देशका तराइ भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आइतबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ, बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोशी र बागमती प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ  एभरेष्ट न्यूज एजेन्सी,

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।