२०८३ कार्तिक ५
२०८३ कार्तिक ५

भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा दसैँ मनाइने उल्लेख गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन् । उनले भनेका छन्, ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ ।’

परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने उल्लेख गर्दै उनले इमानदार प्रयास, अठोट र सामूहिक मेहनतबाट विकृति हटाउन सकिने बताएका छन् ।

प्रधानमन्त्री शाहले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताबद्ध बनाउने तथा टाढिएका आफन्त र साथीभाइसँग आत्मीयता साट्ने अवसर प्रदान गर्ने बताएका छन् ।

उनले सबैलाई आआफ्नो क्षमताअनुसार दसैँ मनाउँदै आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न पनि आग्रह गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।