२०८३ कार्तिक ४
२०८३ कार्तिक ४

बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक बिनोदकुमार दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिंग अफिसर) मा नियुक्त भएका छन् । मलेसियाली क्रिकेट सङ्घले मंगलबार उनको नियुक्ति घोषणा गरेको हो ।

करिब ३० वर्षको क्रिकेट अनुभव भएका दासले नेपाली राष्ट्रिय टोलीको कप्तान, प्रशिक्षक तथा क्रिकेट प्रशासकका रूपमा काम गरिसकेका छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रशिक्षक प्रशिक्षकसमेत हुन् ।

मलेसियाली क्रिकेट सङ्घमा आबद्ध हुनुअघि उनी नेपाल क्रिकेट सङ्घमा क्रिकेट सञ्चालन व्यवस्थापकका रूपमा कार्यरत थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र एसियाली क्रिकेट परिषद्का विभिन्न प्रतियोगितामा प्रतियोगिता निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

नेपाली महिला राष्ट्रिय टोली र पुरुष १९ वर्षमुनिको टोलीका पूर्वप्रशिक्षकसमेत रहेका दासले मलेसियाली क्रिकेटको उच्च प्रदर्शन, राष्ट्रिय टोलीको सुदृढीकरण र अन्तर्राष्ट्रिय वरीयता सुधारमा काम गर्नेछन् । मलेसियाली क्रिकेट सङ्घका अध्यक्ष महिन्दा वल्लिपुरमले दासको अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक ज्ञानले मलेसियाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।