२०८३ कार्तिक ७
२०८३ कार्तिक ७

निर्वाचन आयोगले विशेष महाविधेशन गरेर पार्टीलाई जीवन्त तुल्याएको गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिएको छ । पार्टीको विधानअनुसार विशेष महाधिवेशन सफल पारेको गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाएको आयोग उच्च स्रोतले बताएको छ ।

निर्वाचन आयोगको आज दिनभर बसेको बैठकले थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेको हो । गगन थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेसँगै सोहीअनुसार पार्टीको अद्यावधिक हुने भएको हो ।

यता आधिकारिकता माग्दै शेरबहादुर देउवा पक्षले धम्कीपूर्ण भाषा प्रयोग गर्दै निर्वाचन आयोगले आफूहरुको विपक्षमा निर्णय सुनाए देशैभर आन्दोलन गर्ने बताएको छ ।

पार्टी विधानविपरीत गएको देउवा पक्षका नेता पूर्णबहादुर खड्काले आगामी प्रतिनिधि सभा निर्वाचन नै प्रभावित पार्ने किसिमले देशैभर आन्दोलन गर्ने धम्की दिएका हुन् ।

तर कानूनका दफा दफा हेरेर दिनभर अनुसन्धान गरेका निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरुले थापा पक्षलाई आधिकारिकता दिएका हुन् ।

उनीहरु बेलुकी कडा सुरक्षाबीच आयोगबाट घर गएका थिए । उनीहरु गएपछिमात्र थापा पक्षलाई आधिकारिकता दिएको सूचना बाहिरिएको हो ।

यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि, पद्धति, संविधान, ऐन, कानून र नियमको परिधिभित्र रहेर मात्रै निर्णय गर्ने बताएका थिए ।

‘‘विधि, पद्धति छ, संविधान छ, ऐन, कानून, नियम छ यसको परिधिभित्र रहेका निर्वाचन आयोगले अध्ययन विश्लेषण गर्ने हो । निर्वाचन आयोगले विधि र पद्धति बाहिर गएर निर्णय गर्दैन । हाम्रो संस्थागत परम्परा छ,’ उनले भने ।

आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने उल्लेख गर्दै भण्डारीले निर्वाचन आयोगको आफ्नै संस्थागत परम्परा रहेको दाबी गरे ।

भण्डारीले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आफ्ना कार्यतालिकाहरु प्रकाशित गरेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गर्न आग्रहसमेत गरे । सभार वर्णन मिडिया

 

ललितपुर,०२ गते माघ ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले होटल उद्योग तथा पर्यटन क्षेत्र नेपालको राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले शुक्रबार ललितपुर ग्वार्कोस्थित होटल रोयल तुलिपमा होटल संघ नेपालद्वारा आयोजित ‘हिरक जयन्ती’ समारोहको उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो ।

उहाँले होटल उद्योगले रोजगारी सिर्जना, सांस्कृतिक आदान–प्रदान, अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको बताउनुभयो । संघको छ दशक लामो यात्रा उपलब्धि र संघर्षले भरिएको प्रेरणादायी अध्याय भएको उल्लेख गर्दै उहाँले भविष्यका चुनौतीलाई अवसरमा रूपान्तरण गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

‘होटल संघ नेपालको ‘हिरक जयन्ती’ विगतका सफलताहरूलाई स्मरण गर्दै भविष्यका चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रेरणा दिन्छ’ उहाँले भन्नुभयो, ‘नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र अतिथिसत्कारको परम्परा विश्वकै अनुपम सम्पदा हुन् । यी सम्पदालाई व्यवस्थित, दिगो र नवप्रवर्तनशील होटल उद्योगमार्फत विश्वसामु प्रस्तुत गर्नु हाम्रो साझा जिम्मेवारी हो ।’
यस अवसरमा आयोजित ‘नेपाल हास्पिटेलिटी डे २०२६’ तथा ‘द होटल एक्स्पो एण्ड फूड फेस्ट २०२६’ जस्ता कार्यक्रमहरूले नेपालको पर्यटन उद्योगलाई विश्वसामु उजागर गर्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपतिले दिगो पर्यटन, हरित अर्थतन्त्र, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रिय साझेदारीलाई संघले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले विगतमा आन्दोलनका क्रममा होटल व्यवसायीले भोग्नुपरेका दुखद घटनाबाट पाठ सिकेर शान्तिपूर्ण संवाद र सहमतिको संस्कृतिलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । पर्यटकको सुरक्षा, सुविधा र सम्मान सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले वातावरणमैत्री होटल सञ्चालन, गुणस्तरीय सेवा र आत्मीय आतिथ्यलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले संघको योगदानले नेपालको पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘होटल उद्योगलाई सुरक्षित राख्नु व्यवसायीको हित मात्र नभई राष्ट्रिय प्रतिष्ठा र अन्तर्राष्ट्रिय विश्वासको सवाल हो । पर्यटकलाई सुरक्षित वातावरण, गुणस्तरीय सेवा र आत्मीय आतिथ्य प्रदान गर्नु हाम्रो दायित्व हो, जसले नेपालको छवि विश्वसामु उजागर गर्ने मात्र होइन, दीर्घकालीन आर्थिक लाभ पनि सुनिश्चित गर्दछ ।’

उहाँले होटल संघ नेपालले दिगो पर्यटनलाई प्राथमिकतामा राखी वातावरणमैत्री होटल सञ्चालनमा जोड दिनुपर्ने, डिजिटल प्रविधि र नवप्रवर्तनलाई आत्मसात गर्दै सेवा प्रणालीलाई आधुनिक बनाउनुपर्ने तथा अन्तर्राष्ट्रिय साझेदारी र लगानीलाई आकर्षित गर्ने रणनीति अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

समारोहमा उपराष्ट्रपति यादवले होटल संघ नेपालका पदाधिकारी, सदस्य तथा सम्पूर्ण पर्यटन व्यवसायीलाई हार्दिक बधाई दिँदै भन्नुभयो, ‘तपाईंहरूको निरन्तर परिश्रम, लगनशीलता र समर्पणले नेपाललाई विश्व पर्यटन नक्सामा अझ उजागर गर्नेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै समृद्धि, विकास, सुशासन र दिगो शान्तिको यात्रामा होटल उद्योगले अग्रणी भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’

आरके श्रीवास्तव,रौतहट, २ गते माघ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा शुक्रबारदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ काे कटहरिया नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यस क्षेत्रमा निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो ।

 

निर्वाचन क्षेत्र नम्बर ३ का लागि उपसचिव अवध किशोर प्रसाद कुश्वाहा निर्वाचन अधिकृतको जिम्मेवारीमा खटिनुभएको छ । उहाँको नेतृत्वमा निर्वाचनसम्बन्धी प्रशासनिक, प्राविधिक तथा व्यवस्थापकीय तयारीलाई तीव्रता दिइएको जनाइएको छ ।

 

यसैबीच, निर्वाचन क्षेत्र नम्बर १ का लागि सदरमुकाम गौरस्थित आन्तरिक करदाता सेवा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर २ का लागि परोहा नगरपालिकास्थित कृषि, पशु तथा पन्छी सेवा केन्द्रमा कार्यालय सञ्चालनमा ल्याइएको छ । यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ का लागि चन्द्रपुर नगरपालिका–५ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

 

अन्य क्षेत्रहरूमा पनि निर्वाचन अधिकृतका रूपमा निर्वाचन क्षेत्र नम्बर १ मा जिल्ला न्यायाधीश मनोज केसी, निर्वाचन क्षेत्र नम्बर २ मा इजलास अधिकृत सिताराम खड्का तथा निर्वाचन क्षेत्र नम्बर ४ मा उपरजिस्ट्रार उद्धव ढोडारी खटिनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।