२०८३ जेष्ठ ३
२०८३ जेष्ठ ३

कारागारमुक्त भएपछि रेशम चौधरी माइतीघर मण्डलामा

काठमाडौं, १५ जेठ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि टिकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरी सोमबार रिहा भएका छन् ।

गणतन्त्रको अवसरमा सरकारको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका हुन् । आममाफी पाएपछि सोमबार बिहान डिल्लीबजार कारागारबाट उनी रिहा भएका हुन् ।

सात सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी भई आजीवन काराबासको सजाय भोगिरहेका उनी कारागारमुक्त हुँदा नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्तासहित उनका समर्थक डिल्लीबजार कारागार परिसर पुगेका थिए ।  रिहा भएका चौधरीलाई समर्थकहरुले अविर र फूलमाला लगाइदिएर स्वागत गरे ।

रिहा भएसँगै पुल्चोकस्थित मन्त्री क्वाटर पुगेर माइतीघर मण्डलामा आएका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरुले फूलमाला र खादाले स्वागत गरे । रेशमी पत्नी रन्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।