२०८३ कार्तिक २
२०८३ कार्तिक २

रौतहटमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

रौतहट । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकलमा तीन जना सवार थिए ।

दुर्घटनामा मोटरसाइकल चालक फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरका ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी करिब ७० वर्षीया आमा सोमरिया देवी ठाकुर र करिब २८ वर्षीया बुहारी सीमा कुमारी ठाकुर घाइते भएका थिए ।

तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी अस्पताल लगिएको थियो । उपचारका क्रममा आइतबार बिहान ५ बजे सोमरिया देवी ठाकुरको मृत्यु भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।