सागर संगम ठाकुर,रौतहट,कार्तिक ७ गते
रौतहटको कटहरिया नगरपालिका–९ स्थित श्री माध्यमिक विद्यालय डुमरियाका प्रधानाध्यापक नवल किशोर ठाकुरले विद्यालयको शैक्षिक तथा भौतिक रूपमा सुधार गर्दै नमुना विद्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न पहल अघि बढाइएको बताएका छन ।

विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्ने तयारी, अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने योजना तथा विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने अभियानलाई प्राथमिकतामा राखिएको प्रधानाध्यापक ठाकुरले बताएका हुन्।बज्जिकाञ्चल एफएम ८९.२ मेगाहर्जको ‘बज्जिकाञ्चल बहस’ कार्यक्रममा प्रस्तोता आरके श्रीवास्तव संग कुराकानी गर्दै प्रधानाध्यापक ठाकुरले विद्यालयको समग्र विकासका लागि स्थानीय सरकार, जनप्रतिनिधि, शिक्षक, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको बताए ।

उनका अनुसार नगर प्रमुख जयप्रकाश जैसवालको सल्लाह र सहयोगमा विद्यालयको शैक्षिक तथा भौतिक सुधारको काम अघि बढाइएको हो ।आफू यसअघि बलरामपुर माध्यमिक विद्यालयमा कार्यरत रहेको उल्लेख गर्दै उनले नगर प्रमुखको सुझावअनुसार डुमरिया विद्यालयमा जिम्मेवारी सम्हालेपछि त्यहाँका समस्या पहिचान गरी सुधारको प्रयास थालेको बताए ।

आफू विद्यालयमा पुग्दा कक्षा ८ सम्म मात्रै पठनपाठन भइरहेको र शिक्षकको समेत अभाव रहेको उनले जानकारी दिए।विद्यालयमा त्यतिबेला आठ जना मात्रै शिक्षक रहेकाले पठनपाठन सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ ।

स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेर कक्षा ९ सञ्चालन गरिएको र क्रमशः कक्षा १० सम्म विस्तार गरिएको उनले बताए ।नगर प्रमुखको सहयोग तथा शिक्षक व्यवस्थापनका लागि गरिएको पहलपछि विद्यालयमा शिक्षकको संख्या बढेर करिब १८ पुगेको र विषयगत शिक्षकको व्यवस्था पनि भएको उनले जानकारी दिए।
विद्यालयको भौतिक पूर्वाधार विकासअन्तर्गत भवन निर्माण र कम्पाउन्ड वाललगायतका काम अघि बढाइएको छ ।

विद्यालयका लागि नगर प्रमुखका बुबाले एक कठ्ठा जग्गा उपलब्ध गराएको तथा पोखरीको क्षेत्रबाट तीन कठ्ठा १५ धुर जग्गा प्राप्त भएको प्रधानाध्यापक ठाकुरले बताए ।
विद्यालयमा तीनवटा भवन रहेको उल्लेख गर्दै उनले उपलब्ध संरचनालाई उपयोग गरी कक्षा ११ र १२ सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे ।

विद्यालयमा कक्षा ११ र १२ सञ्चालन भएपछि नर्सरीदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने योजना रहेको पनि उनले बताए ।डुमरिया विद्यालय विगतमा शैक्षिक रूपमा पछाडि परेको र तत्कालै अंग्रेजी माध्यम सञ्चालन गर्न आवश्यक तयारी पूरा नभएको उल्लेख गर्दै उनले क्रमिक रूपमा शैक्षिक गुणस्तर सुधार गरेपछि उक्त योजना कार्यान्वयन गर्ने बताए ।

सामुदायिक विद्यालयले पनि समयअनुसार अंग्रेजी माध्यम र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने उनको धारणा थियो।कार्यक्रममा टेलिफोनमार्फत सहभागी विवेक यादव नामका श्रोताले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमसहित गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

स्थानीय विद्यालयमा आवश्यक सुविधा र गुणस्तरीय शिक्षा उपलब्ध भए विद्यार्थीलाई गरुडा तथा अन्य स्थानका निजी विद्यालयमा पठाउनुपर्ने बाध्यता कम हुने उनको भनाइ थियो।श्रोताको प्रश्नको जवाफ दिँदै प्रधानाध्यापक ठाकुरले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन प्रभावकारी पठनपाठन, अनुशासन र नियमित अनुगमन आवश्यक रहेको बताए।

सरकारी विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने पुरानो धारणालाई व्यवहारमै गुणस्तरीय शिक्षा प्रदान गरेर परिवर्तन गर्न सकिने उनको भनाइ थियो ।
अभिभावकले आफ्ना छोराछोरीको कापी जाँच गर्ने, कक्षाकार्य तथा गृहकार्यको अवस्था बुझ्ने र शिक्षकले पढाएका विषयवस्तुको मूल्यांकन गर्ने बानी बसाल्नुपर्ने उनले सुझाव दिए ।

शिक्षक र अभिभावकबीच नियमित समन्वय भए सामुदायिक विद्यालयका विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गर्न सक्ने उनले बताए।विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्दै प्रधानाध्यापकले अन्य विद्यालयबाट समेत विद्यार्थी आउने क्रम जारी रहेको जानकारी दिए ।

अनुभवी शिक्षकहरूबाट व्यवस्थित रूपमा पठनपाठन सञ्चालन गरिएकाले विद्यार्थी र अभिभावकको विश्वास क्रमशः बढिरहेको उनको भनाइ छ।
विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनसमेत अभियान सञ्चालन गरिएको उनले बताए ।

भर्ना अभियानका क्रममा विद्यालयको टोली मुसहरी टोल तथा दलित समुदायको बस्तीमा पुगेर अभिभावकसँग छलफल गरेको थियो ।उक्त अभियानपछि केही बालबालिका विद्यालयमा भर्ना भएको र आगामी शैक्षिक सत्रमा थप बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य राखिएको उनले जानकारी दिए।विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्दै प्रधानाध्यापकले अन्य विद्यालयबाट समेत विद्यार्थी आउने क्रम जारी रहेको जानकारी दिए ।

अनुभवी शिक्षकहरूबाट व्यवस्थित रूपमा पठनपाठन सञ्चालन गरिएकाले विद्यार्थी र अभिभावकको विश्वास क्रमशः बढिरहेको उनको भनाइ छ ।विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनसमेत अभियान सञ्चालन गरिएको उनले बताए ।भर्ना अभियानका क्रममा विद्यालयको टोली मुसहरी टोल तथा दलित समुदायको बस्तीमा पुगेर अभिभावकसँग छलफल गरेको थियो ।

उक्त अभियानपछि केही बालबालिका विद्यालयमा भर्ना भएको र आगामी शैक्षिक सत्रमा थप बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य राखिएको उनले जानकारी दिए ।लामो समयदेखि विद्यालयबाहिर रहेका बालबालिकालाई नियमित पठनपाठनमा सहभागी गराउन चुनौती रहे पनि निरन्तर प्रयासबाट उनीहरूलाई शिक्षाको मूलधारमा ल्याउन सकिने उनले बताए ।

निजी विद्यालयमा अध्ययन गरिरहेका बालबालिकालाई समेत सामुदायिक विद्यालयतर्फ आकर्षित गर्ने प्रयास भइरहेको उनको भनाइ छ।लामो समयदेखि विद्यालयबाहिर रहेका बालबालिकालाई नियमित पठनपाठनमा सहभागी गराउन चुनौती रहे पनि निरन्तर प्रयासबाट उनीहरूलाई शिक्षाको मूलधारमा ल्याउन सकिने उनले बताए ।

निजी विद्यालयमा अध्ययन गरिरहेका बालबालिकालाई समेत सामुदायिक विद्यालयतर्फ आकर्षित गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।विद्यालयलाई नमुना बनाउन भने जग्गाको अभाव प्रमुख चुनौतीका रूपमा रहेको प्रधानाध्यापक ठाकुरले बताए ।पर्याप्त जग्गा, थप भवन, आवश्यक शैक्षिक सामग्री र विषयगत शिक्षकको व्यवस्था गर्न सके विद्यालयलाई व्यवस्थित रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।

यसका लागि नगरपालिकाले जग्गा खरिद गर्न बजेट छुट्याउने, पूर्वाधार निर्माण गर्ने र आवश्यक जनशक्तिको व्यवस्था गर्ने अपेक्षा आफूले राखेको उनले बताए ।
कार्यक्रमको अन्त्यमा प्रधानाध्यापकले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि स्थानीय सरकार, जनप्रतिनिधि, शिक्षक, अभिभावक र समुदायलाई सहकार्य गर्न आग्रह गरे।

सामुदायिक विद्यालयप्रति विश्वास बढाउँदै सबै बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले डुमरिया विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता ठाकुरले व्यक्त गरे ।







