२०८३ कार्तिक ९
२०८३ कार्तिक ९

आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व समापन हुँदै

काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा मनाइँदैछ । यो दिनसँगै नेपालीको महान् पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ ।

टिकाको दिनदेखि आज पुर्णिमासम्म आफन्त र मान्यजनसँग टीका लगाएर दशैं मनाउने गरिन्छ । धेरै जसोले भने दशमीको दिन मात्र टीका लगाउने गर्दछन् ।

कोजाग्रतको अर्थ जागा रहने भन्ने हो । यस दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ । धार्मिक विश्वासअनुसार, कोजाग्रत पूर्णिमाको रात देवी लक्ष्मीले पृथ्वीमा भ्रमण गरी जागा रहेका भक्तजनलाई धन, सुख र समृद्धिको आशीर्वाद दिन्छिन् ।

दसैँमा घटस्थापनादेखि नवदुर्गाको पूजा, विजयादशमीमा मान्यजनबाट टीका र जमरा ग्रहण तथा आशीर्वाद लिने परम्परा रहिआएको छ। कोजाग्रत पूर्णिमासँगै दसैँको टीका लगाउने क्रम पनि समाप्त हुने मान्यता छ । एभरेष्ट न्यूज एजेन्सी,

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।