काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज आइतबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ र हाल देशका हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भाग तथा उपत्यका र खाँचहरूमा बिहानपख केही स्थानमा हुस्सु / कुहिरो लागेको जनाएको छ ।
त्यस्तै आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु / कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,







