<

आरके श्रीवास्तव,रौतहट,साउन १६ गते ।
रौतहट । हजारौको संख्यामा रोजगारी दिएको श्रीराम सुगर मिल अहिले विलयको बाटोमा गइसकेको छ । देशमा तीनै सरकार स्थानीय, प्रदेश र संघीय सरकारको लापरबाहीले ध्वस्त भएको आरोप उठन थालेको छ । विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिल्स लिमिटेडको भएको लिलामी प्रक्रिया अनाधिकृत रहेको पनि छलफल गरिएको छ ।
श्रीराम सुगर मिलले ऋण नतिरेपछि नेपाल बैंक लिमिटेडले उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो । शिवशक्ति ग्रुपले सो लिलामी साकार गरेको हो । यसै विषयलाइ लिएर मध्य रौतहटको गरुडा स्थित आर्शिवाद गेष्ट हाउसमा जनप्रतिनिधिहरु तथा सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको छ ।
उँखु उत्पादक संघ रौतहटको आयोजनामा आज मंगलवार भएको कार्यक्रममा उधोग सञ्चालक द्धारा अनाधिकृत लिलामी प्रक्रिया बारे छलफल गरिएको हो । संघका अध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा सो छलफल गरिएको हो ।
बैठकबाट ज्ञापनपत्र बुझाउने,बृहत् आमभेला गर्ने र कमिटि गठन गर्ने निर्णय गरिएको संघका अध्यक्ष यादवले बताउनु भयो । मिल सञ्चालकले अनाधिकृत रुपले मिल कवाड भनि टेण्डर प्रक्रिया बढाएको लाइ खारेज गरी मिल पुनः सञ्चालन गर्न गराउनको लागि साउन २२ गते जनप्रतिनिधी र किसानहरुको रोहबरमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको हो । साथै मिललाइ जोगाउनको लागि जिल्लाको चारै निर्वाचन क्षेत्रको संघिय, प्रदेश सांसद र स्थानियहरु सँग सहकार्य गरी साउन २७ गते शनिवारका दिन श्रीराम सुगर मिलको प्रांगणमा आम भेला गरी मिल जोगाउन अगामी निति तय गर्ने सर्वसहमती बाट निर्णय गरिएको हो ।
बैठक बाट अशोक प्रसाद यादवको नेतृत्वमा ९ सदसिय कमिटि पनि गठन गरिएको छ । जसको कमिटिमा अनिल कुमार यादव,प्रेम शंकर राय यादव, राजकुमार दास तत्मा,विजय यादव,रामविनोद जयसवाल,शेख मसहर,श्याम सहनी रहेका छन् ।
सो अवसरमा जिल्ला समन्वय समिति रौहतटका सभापती रामअयोध्या यादव,पूर्व मन्त्री गोविन्द चौधरी,नेपाली काँग्रेसका जिल्ला सभापती एवम् प्रदेश सांसद स्ुनिल कुमार यादव,गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवाल,गुजराका नगरप्रमुख सन्तलाल चौधरी,गरुडा नगरपालिकाकी उपप्रमुख पसनम चौधरी,गरुडाका मेयर प्रत्यासी ब्रिजकिशोर यादव सहित जनप्रतिनिधिहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
२०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ । उद्योग जिल्लाको गरुडा नगरपालिका–६ महम्मदपुरमा रहेको छ । उद्योगको नाममा ८० बिघा जग्गा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0