<

 

हनुमत कुमार यादव,गाैर,साउन १६ गते ।

देश भरी नै फैलिएको पशुहरुमा लाग्ने महामारीको रुपमा लम्पी स्किन रोग विरुद्ध खोप लगाउने कार्यक्रम शुरु गरिएको छ । विशेषगरी गाई, गोरु , बच्छा,बाछी भैसीमा लाग्ने यो रोगको कारण जिल्लामा ३२ पशुको मृत्यु भैसकेको छ भने जिल्ला र प्रदेश मिलाएर १६३५५ ( सोलह हजार तिन सय पचपन्न ) भन्दा बढी संक्रमीत भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौरका कार्यलय प्रमुख इन्द्रदेव साहले बताएका छन् । जिल्ला भरिको रोगबाट पशुको जनसंख्याको ३ % मृत्यु दर रहेको छ । तीव्र गतिमा फैली रहेको लम्पी स्किन रोग विरुद्ध जिल्लाको १८ वटै पालिकामा सुरु गरिएको छ । मधेश प्रदेश सरकार भुमि व्यवस्था सहकारी मन्त्रलाय जनकपुरधाम बाट ७७ लाख मुल्य बराबरको ६४ हजार डोज खरिद गरि प्रदेशको प्रत्येक जिल्ला लाई ८००० हजार डोजको दरले गाई, गोरु , बाच्छा, बाछी लाई प्रथामिकतामा राखी संचालन गरि रोग लाई नियन्त्रण गर्ने उदेश्य रहेको बताए ।

सोहि अनुसार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौर कार्यलयले साउन १५ गतेका दिन सबै स्थानीय तहका सेवा शाखा प्रमुखहरुको बैठक राखी सबै स्थानीय तहमा खोप लगाउने कार्य सुरु गरिएको छ । गौर नगरपालिकामा १००० , वृन्दावन नगरपालिकामा ५०० डोज र बाकी पालिकामा ४०० डोजको दरले गरिएको प्रमुख सहले बताएका छन् ।

उक्त खोप कार्यक्रममा आजै मत्र १५०० डोज ल्गयिएको छ । प्रदेश सरकारले दिएको डोजले पुरा नहुने भएकोले यस अघि पालिकाहरुले नगरपालिकाको निजि बजेट बाट खोप खरिद गरि खोप संचालन गरेको छ । यो रोगको रोकथामको लागि खोप को अलावा अरु कुनै बिकल्प नरहेको उनको भनाई रहेको छ । रोग लाई नियन्त्रण गर्न रोग ग्रसित भएका पशु बाट अरु पशु जन्तुलाई १ किलोमिटर टाढा राखने , गोठ सफा राखने , लामखुटेको टोकाई बाट पनि सर्ने भएकोले लामखुटे बाट जोगाउने जरुरि रहेको उनले बताए । पशु रोगीको दोस्रो इन्फेक्सन हुन् नदिनको लागि लक्षणको अधारमा औसधि प्रयोग गर्ने र एन्टीबाईटिक ज्वरो कम गर्न इनटीसेफेटिंग स्प्रे वा मलहम प्रयोग गर्ने गोठ तथा पशुको सरसफाईमा ध्यान दिने आवतजावत चरीचराउ बन्द गरेमा मात्र रोगको रोकथाममा मदत पुग्द छ । यो रोग नेपालमा पहिलो पटक २०७६ सालमा झापामा देखिएको थियो ।

बिगत ३ महिना देखि देशको ७७ औ जिल्लामा खस गरि गाई , गोरु , बच्छा , बाछीमा बढी संख्यामा देखिएको छ , भैसी जातमा पनि यो रोग देखिएको छ तर संख्या चाही कम रहेको छ । यो रोगको रोकथाम जिमेवारी चाही तिनै तहको सरकारको रहेको छ । तर स्थानीय तहको जिमेवारी चाही उतिकै रहेको उनको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0