<

 

बज्ज्किाञ्चल, फतुवा बिजयपुर,साउन १६ गते ।

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा कृषकहरुलाइ सिंचाइमा सहजताको लागि पैनी सरसफाइ गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ५ सन्तपुरको पचमौजामा पैन सफाइ गरिएको हो । रोपाँइ गर्ने बेला किसानहरुलाइ खेती गर्न पानीको अभाव हुन थालेपछि । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको बजेट बाट स्थानिय बन्ती राय यादवले पैनी सरसफाइ गराएका हुन् । नगर प्रमुुख खातुनको सहयोगमा सो पैनी सरसफाइ गरेको हो ।

सरसफाइ भएपछि अरुवा नदीको पानी बाट किसानहरुले सिंचाइ गर्न पाइरहेका छन् । जसबाट किसानलाइ प्रत्यक्ष फाइदा पुगेको छ । पैनीमा ठाउँ ठाँउमा पुरेपछि स्थानीयहरु लाइ सिचाईँबाट प्रभावित भएका थिए । स्थानीयहरुले कृषकहरुले सम्बन्धित निकायलाई सफाइको लागि गुनासो समेत गरेका थिए ।

स्थानीयको गुनासो आएपछि कार्यवाहक नगरप्रमुख खातुनले सरसफाई गराएकी हुन् । पैनी सरसफाई भएपछि स्थानीय समेत हर्षित भएका छन् । यता सो चौरीतिर निविभन्न नयाँ कृषि सडकहरुपनि विस्तार गरिएको स्थानिय समाजसेवी राजा हुसेनले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0