<

बज्जिकाञ्चल,गढिमाइ,साउन १६ गते ।
रौतहट । रौतहटको गढिमाइ नगरपालिका वडा नम्बर ५ लाइ नमूना वडा बनाउन ज्ञापनपत्र बुझाइने भएको छ । केही स्थानियहरुले आज प्रेस विज्ञप्ती जारी गरी सो सम्बन्धमा जानकारी गराएका हुन् । विज्ञप्तीमा भनिएको छ गढीमाई नगरपालिका वाडा नम्बर ०५ मदनपुरमा वडा भित्रको सबै टोल र ठाउबाट सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिधित र दिगो कृषिको प्रबन्धन गर्ने सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ्य जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवर्धन गर्ने, सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित र जीवनपर्यन सिकाईका अवसरहरु प्रवर्धन गर्ने, लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउने, सबैका लागि स्वच्छ पानी र सरसफाईको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने, सबैका लागि किफायती विश्वसनीय, दिगो र आधुनिक उर्जामा पहुँच सुनिश्चित गर्ने, भरपदों, समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैका लागि पूर्ण र उत्पादनमूलक रोजगारी र मर्यादित कामको प्रवर्धन गर्ने रहेको थियो ।
साथै उत्थानशील पूर्वाधारको निर्माण, समावेशी र नवीन खोजलाई प्रोत्साहन गर्ने व्यक्ति र व्यक्ति तथा समाजमा असमानता घटाउने तथा मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशिल र दिगो बनाउने, दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने, जलवायू परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने, दिगो विकासका लागि स्रोतहरुको दिगो प्रयोग तथा संरक्षण गर्ने स्थलीय पर्यावरणको संरक्षण, पुनस्थापना र दिगो उपयोगको प्रवर्धन गर्ने, दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने, सबैको न्यायमा पहुच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने, दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने रहेको थियो ।
गढीमाई नगरपालिका वडा नं०५ लाई नगरकै एक नमुना वडा बनाई आर्थिक, समाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक रुपमा सबल, सक्षम र समृद्ध बनाई नगरभित्र र देश भरी वडालाई चिनाउने तर दुःख लाग्दो कुरा आज हामी निराश भएको छौ त र उक्त समस्या को समाधान खोज्न हामी प्रतिबद्ध भई कानुनी उपचार खोज्न ज्ञापन पत्र बुझाउने छौ । सो कार्यक्रममा सरोकारवाला सबैमा उपस्थित भई कार्यक्रममा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0