<

आरके श्रीवास्तव,रौतहट,साउन १६ गते ।
रौतहट । जिल्लाको मौलापुर नगरपालिकामा रहेको नेपाल बिधुत प्रधिकरण मौलापुर वितरण केन्द्रमा अहिले १६ एमभिएको ट्रान्सफर्मर जडान भइरहेको छ । पछिल्लो केही दिनदेखि मौलापुर वितरण केन्द्र आसपासका क्षेत्रमा अनियमति रुपमा बिद्युत कटौती हुन थालेपछि स्थानीयहरु आक्रोशित बनेका थिए । केहीदिनयता बढेको अत्याधिक गर्मी र अनियमित विद्युत कटौतिका कारण स्थानीय आर्जित बनेका छन ।

तर अब सो समस्या चाँडै समाधान हुने भएको छ । यस अघि वितरण केन्द्रमा रहेको ८ एमभिएको ट्रान्सफर्मर बदलेर १६ एमभिएको ट्रान्सफर्मर जडान हुने लागेको हो । जसको काम द्रुत गतिमा अगाडी बढिरहेको मौलापुर वितरण केन्द्रका प्रमुख दिनेश राय यादवले जानकारी गराउनु भयो । उक्त ट्रन्सफर्मर जडान भएपछि फल्ट बाहेक बक्ती नजाने बताए । झयाप झयाप बक्ति जाने समस्या समाधान हुने उनले जानकारी समेत गराए ।


उक्त ट्रन्सफर्मर जडानको अधिकांश काम सम्पन्न भइसकेको त्यमा सहभागी इन्जिनियरहरुले बताएका छन् । अबको पाँचौ दिन उक्त नयाँ ट्रन्सफर्मर सुचारु हुने उनीहरको भनाइ छ । ८ एमभिएको ट्रन्सफर्मर हुँदा ओभरलोड भइ लाइ ट्रिप हुने समस्या थियो । अब उपरान्त उक्त समस्या हटने भएको छ ।


वितरण केन्द्रमा बारम्बार उक्त समस्या उत्पन्न भएपछि नेपाल बिधुत प्राधिकरण केन्द्रिय कार्यालयले १६ एमभिएको नयाँ ट्रान्सफर्मर उपलब्ध गराएको प्रमुख यादवले बताएका छन् । राम्रो ढंगले समस्या समाधान हुने उनको भनाइ छ । अब उपरान्त वितरण केन्द्र अन्तर्गतका २५ हजार ८५ उपभोक्ता राहत पाउने भएका छन् ।
मौलापुर वितरण केन्द्र अन्तर्गत हुकिङ्ग धेरै छ । विधुत चुहावट अत्यधिक मात्रामा छ । जबकी यस केन्द्र अन्तर्गतका पालिकाहरुले कृषि मिटर निःशुल्क गरेका छन् । भने बिधुत महसुलमा पनि सहुलियत दिदै आएको छ । तर पनि बिधुत चुहावट रुकन सकेको छैन् । साथै बिधुत महसुल पनि वसुली हुन सकेको छैन् । महसुल संकल्न नहुँदा शाखा चलाउन मुश्किल भइरहेको कार्यालय प्रमुख यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
1
+1
1