<

बज्जिकाञ्चल,गरुडा,वैशाख ०५ गते
कोलोपत्र निर्माणमा आश्रय निर्माaण सेवाको बदमासी देखिएको छ । रौतहटको गरुडा नगरपालिका अन्तर्गत तीन वटा वडा जोड्ने सकडमा एकातिर बाट कालोपत्र हुँदैछ भने अर्को तर्फ बाट उप्कीन सुरु भएको छ । सो नगरपालिकाको वडा नम्बर ५,६ र ७ जोड्ने दुधियाभार देखि पोठीयाही हुँदै शिवनगर सम्म अहिले कालोपत्र र ढलान,नाला निर्माणको काम भइरहेको छ । सो काम गुणस्तरहीन भइरहेको स्थानिय गुडु यादव लगायतका व्यक्तीहरुले आरोप लगाएका छन् ।


नेपाल सरकार शहरी विकास मन्त्रालयको आर्थिक वर्षको २०७८–०३–२१ गतेदेखि काम सुरु गर्न समझौता गरिएको थियो । सम्झौतामा अनुसार १२ महिना सम्ममा काम सम्मपन्न गर्नु पर्ने हो । तर सो काम सम्मपन्न गर्ने समझौता मिति समाप्त भएको करिब एक वर्ष पुग्न लागेको छ र अहिले सम्म आधा अधूरा काम छाडेर आश्रय निर्माण सेवा प्रा।लि। बेपता भएको छ ।


आश्रय निमार्ण सेवा प्रा।लि।बसुन्धाराका ठेक्दारले कतै नाला, कतै सडक तथा कतै गुणस्तरहीन कालोपत्र सडक ढलान कार्य गरिरहेको स्थानीयबासिले जनाएको छ । नाला निर्माण आधा अधूरा नै रहेको छ । धेरै ठाउँमा स्लैब राखिएको छैन् । सडक चौडा गर्न वडा कार्यालयको भवन भत्काइएको छ । तर गाउँको अन्य ठाउँमा भने खाली गराइएको छैन् ।
सो सडकलाई कालोपत्र तथा नाला निर्माण गर्नका लागि लागि ८ करोड १९ लाख ३२ हजार २४ रुपैयाँ २२ पैँसामा ठेक्का पट्टा लिइएको हो । तर, बजेटको हिसाबमा काम नगरि बजेट पचाउने दाउमा निर्माण कम्पनी रहेको स्थानीयबासिले आरोप समेत लगाएका छन् । यता निर्माण सेवा कम्पनी आश्रय निमार्ण सेवाका ठेकेदार सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् ।


निर्माण कम्पनीको यती सम्मको लापारवाही हुँदा स्थानिय सरकारको ध्यान जान सकेको छैन् । यस तर्फ स्थानियहरुले ध्यानाकर्षण गराउन खोजेको छन् । तत्कालिन शहरी विकास मन्त्री प्रभु साहले वि.स. २०७८ ुाल वैशाख १० गते उक्त आयोजनाको शिलान्यास गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0