<

आरके श्रीवास्तव,गरुडा,वैशाख ०४ गते
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको एक वार्डमा आज मन्दिरको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ४ टेंग्राहा स्थित रहेको श्री राजदेवी माताको मन्दिरको निर्माणको लागि शिलान्यास गरिएको हो ।


सोमबार एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष सतिश कुमार यादव उर्फ गौरवले शिलान्यास गर्नु भएको हो । प्रदेश सरकार बाट प्राप्त २० लाख बजेटमा मन्दिर बन्न लागेको हो । वर्षौदेखि सो ठाउँमा मन्दिर निर्माण हुन सकेको थिएन् । वडा अध्यक्षमा निर्वाचित भएपछि मन्दिर निर्माण गराउने वडावासी सँग वाचा गरेका थिए । सोही वाचा अनुरुप उनले मन्दिर निर्माण गराउन लागेका हुन् ।


शिलान्यास पछि पत्रकारहरु सँग कुराकानी गर्दै वडा अध्यक्ष यादवले मन्दिरमा आउन जानको लागि बाटोको समस्या छ । त्यो पनि आगामी आ.व.मा बजेट छुट्टयाएर बाटो निर्माण गराउने बताए ।
सो अवसरमा राजदेवी मन्दिर निर्माण समितिका अध्यक्ष सुनिल कुमार यादव,किसुनदेव यादव,पुजारी विदयानन्द यादव,अशोक यादव,प्रमेन्द्र यादव,जगयानन्द यादव,दिनेश यादव लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0