<

आरके श्रीवास्तव,गरुडा,वैशाख ०४ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा भूमि वर्गीकरणका लागि नगर स्तरीय छलफल सम्पन्न भएको छ । आज भू–उपयोग वर्गिकरणको प्रारम्भिक मस्यौदा प्रतिवेदन माथि छलफल तथा प्रस्तुती गरिएको छ ।
सो नगरपालिकाको लागि वडा नम्बर ८ स्थित रहेको श्री माध्यमिक बिधालय बिजयपुर भूमि वर्गीकरणका लागि छलफल गरिएको थियो । इन्स्च्यिूट अफ हिमालयन रिसर्च एण्ड इन्टिग्रेड डेभलपमेन्ट प्रा.लि. नागार्जुन,काठमाण्डौंको प्रविधिक सहयोगमा फतुवा बिजयपुर नगरपालिकाले १० वटै क्षेत्रमा जग्गा वर्गीकरण गरिरहेको छ ।


भू–उपयोग वर्गिकरणको प्रारम्भिक मस्यौदा प्रतिवेदनबारे प्रस्तुती प्राविधिक संस्था संस्थाका डा.राजु राइले प्रस्तुतीकरण गर्नु भएको थियो । तत्पश्चात सहभागीहरुले आ–आफनो राय सुझाव दिएका थिए ।
सो अवसरमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुन,नि.प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादव, वडा नम्बर ३ का वडा अध्यक्ष रामइश्वर राय यादव,वडा नम्बर ४ का वडा अध्यक्ष सतिश कुमार यादव,वडा नम्बर ८ का वडा अध्यक्ष नितेश चौधरी,वडा नम्बर ९ का वडा अध्यक्ष राकेश कुमार यादव लगायत सबै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,कर्मचारीहरुको उपस्थित रहेको थियो ।


फतुवा बिजयपुरमा जग्गाको वर्गीकरण नहुँदा अंशबन्डा, जग्गा कारोबार र कित्ताकाट लगायतमा समस्या परेको छ । जग्गाको वर्गीकरण को कार्य छिट्टै गरिने नि.प्रमुख प्रशासकिय अधिकृत यादवले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0