<

आरके श्रीवास्तव,गरुडा,वैशाख ०४ गते
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा पशु स्वास्थ्य शिविर सुरु भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ सन्तपुर दोस्तियामा आजदेखि सुरु भएको शिविरबाट हजारौं किसान परिवार लाभान्वित हुने भएका छन् । कार्यवाहक नगर प्रमुख अम्बेया खातुन एक कार्यक्रमका बिच सो शिवरको उदघाटन गर्नु भएको छ ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको सहयोगमा उक्त शिविर आयोजना गरिएको हो । बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका खोप चलाइएको नगर प्रमुख खातुनले जानकारी गराएकी हुन् ।


सो शिविरमा भैंसी,बाख्रा,गोरी लगायतका पशुहरुमा भैक्सीन चलाइएको हो । का.वा. मेयर खातुनको पहलमा नगर स्तरीय योजना बाट सो शिविर सञ्चालन भइरहेको छ । फतुवा बिजयपुर नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷०८० को पशु स्वास्थ्य शिविरबाट विभिन्न पशु तथा पंक्षीहरुको चेक जाँच गरिएको छ ।

शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा समेत जानकारी र पशुरोगबाट बच्ने उपायबारे परामर्स पनि प्रदान गरिएको शिविरमा सहभागि चिकित्सकहरुले बताए । सो अवसरमा प्रदेश सांसद प्रत्यासी मो.शेराज लगायत स्थानिय भद्रभलादमी किसानहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0